■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीसूर्योदक्षिणायने श्रीशाके १९४३ नेपाल सं. ११४१ वर्षा ऋतु राक्षसनामक सम्वत्सर वि.सं.२०७८ श्रावण २८ गते बिहीबार तद्अनुसार सन् २०२१ अगस्त १२ तारिख श्रावण शुक्लपक्ष चतुर्थी तिथि १५ः५२ पर पञ्चमी तिथि उत्तराफाल्गुणी नक्षत्र १०ः१० पर हस्ता नक्षत्र सिद्धि योग बब करण आनन्दादिमा मातङ्ग योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३३ मा भयो र सूर्यास्त साँझ १८ः४३ बजे हुनेछ ।
आजको राशिफल
मेष – ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । प्रयासरत काम बन्नेछ । कर्ममा प्रवृत्ति बढ्नेछ । बोली र व्यक्तित्वको प्रभावसँगै यश र वर्चश्व पनि बढ्नेछ । उच्चाधिकारीको सहयोग प्राप्त हुनेछ । मान प्राप्त होला । आर्थिक कार्यमा अनुकूलता रहला । पारिवारिक सौहार्दता बढ्नेछ । साझेदारीको काममा सफलता मिल्नेछ । समस्याको समाधान मिल्ने र स्वादिष्ट भोजन प्राप्त हुनेछ ।
वृष – समय शुभ रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । कार्यमा सफलता प्राप्त हुनेछ । इष्टमित्रको साथ मिल्नेछ । सन्तानसुख पाइनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । साहसिक कार्य बन्नेछ । शुभ काममा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । धन मान बढ्नेछ ।
मिथुन – रोकिएका काम बन्नेछन् । समस्यामा निकास प्राप्त हुनेछ । इष्टमित्रले साथ दिनेछन् । सुख आरोग्यता बढ्ला । यात्रामा सफलता मिल्नेछ । धनको पक्ष बलियो बन्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमता बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । मिठो भोजन मिल्नेछ । ख्याति फैलिनेछ ।
कर्कट – व्यस्तता बढ्नेछ । जोखिममा नपर्नु उचित होला । समस्याको समाधान मिल्नेछ । वार्तामा सफलता प्राप्त हुनेछ । इष्टमित्रको सहयोग प्राप्त होला । विजयश्री प्राप्त होला । स्वास्थ्यमा सुधार आउनेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ ।
सिंह – ग्रहगोचर शुभ फलदायक रहला । प्रेममा प्रगति हुनेछ । मित्रजनको साथ प्राप्त हुनेछ । धन सम्पत्ति मान महत्व बढ्नेछ । खेलकुद र भ्रमणमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । सुख आनन्दमा आकर्षण बढ्ला । पारीवारिक सुख रहनेछ ।
कन्या – मनमा दुविधा रहला । बढी प्रयास र परिश्रमले काम बन्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । समस्या समाधानमा इष्टमित्रले पनि साथ दिनेछन् । व्यस्तता बढ्ला । ऋण रोग र शत्रुसित लड्ने क्षमता बलियो हुनेछ । मान बढ्ला । यात्रा होला । प्रयास र परिश्रमको मिठो फल अवश्यमेव मिल्नेछ ।
तुला – स्वास्थ्यमा सुधार आउनेछ । नयाँ सम्भावना देखापर्ने छ । प्रेममा सफलता मिल्नेछ । धन सम्पति वृद्धि होला । सुख आनन्द बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काम तथा बौद्धिकता र रचनात्मकतासित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । वार्तामा सफल हुनुको साथै विजयी पनि हुनुहुनेछ । ऐश्वर्य तथा उत्साह बढ्ला ।
वृश्चिक – उदासी हटेर जानेछ । सफलता र समृद्धि प्राप्त हुनेछ । विलासमा रुचि बढ्ला । मनोकूलको काम बन्नेछ । वार्तामा सफलता पाउनुहुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । ऐश्वर्य अभिवृद्धि हुनेछ । निकासको नयाँ सम्भावना देखा पर्ला । आशा उत्साह बढ्नेछ । शुभ समाचार प्राप्त हुनेछ ।
धनु – भय भ्रम खर्च आदिमाथि नियन्त्रण बढ्ला । नियमकानूनले साथ दिनेछ । उत्साह बढ्ला । स्वास्थ्यमा सुधार आउनेछ । यात्रामा सफलता प्राप्त होला । धन तथा ऐश्वर्य बढ्नेछ । हांसविलासमा आकर्षण वृद्धि हुनेछ ।
मकर – खर्च बढ्नेछ । सुख आनन्दका साथै व्यस्तता पनि बढ्ला । रोकिएको काम कठोर प्रयत्नले सिद्ध होला । भ्रमणमा रुचि बढ्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा रुचि बढ्ला । मान बढ्नेछ । पारिवारिक सुख शान्ति रहनेछ ।
कुम्भ – कार्यमा सफलता प्राप्त होला । उन्नति पदोन्नति हुनेछ । रोकिएको काम बन्नुको साथै लगानी पनि उठ्नेछ । नयाँ कार्यमा सफलतासँगै नयाँ दायित्व पनि प्राप्ति होला । आफन्तको सहयोग मिल्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला । आरोग्यता बढ्ला । मिठो भोजन मिल्नेछ ।
मीन – प्रेममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्लान् । दूरको यात्रा होला । विलासमा रुचि बढ्नेछ । खेलकुदमा आकर्षण बढ्नेछ । यश वर्चश्वमा वृद्धि होला । ख्याति फैलिनेछ । मान पुरस्कार प्राप्त होला । आँट उत्साह बढ्नेछ । राजकाज बन्नेछ ।
प्रतिक्रिया