कानुनका ठेली र मान्छे

कानुनका ठेली र मान्छे


  • रामहरि बाजे

यो संसारमै कानुनका ठेली धेरै भएर के भे त ?
विचरा ! कागतका चाङ र मसीका धर्का मात्र हुन्
त्यहाँ कतै-कतै नबुझ्ने भाषा पनि होलान्
त्यसलाई अन्नदाता मानेर पूजापाति पनि गर्लान्
त्यही ठेली देखाएरै तर्साउने र तर्सने पनि छन्
ठेलीभित्रका काला धर्सा आफैं सिक्री पनि होनन्
पाता कस्न सक्ने डोरी र डण्डा पनि होइनन्
अपराधीलाई देख्ने चस्मदिद गवाह पनि होइनन्
अपराधीलाई देखेरै चिन्ने दिव्य दृष्टिधारी पनि होइनन्
आखिर त्यती ठूला ठेलीमा अ-सतगुण, सत्गुण के छ त ?
विचरा ! उ त मौलिकतामा आफू चुपचाप रहन्छ
हो ! त्यसै भएर उसलाई बकाउने झाँक्री बोलाइन्छ
कालाकोटका खल्तीका राता काला छेस्काले घोचिन्छ
कालाकोटे झाँक्रीबाटै अनुकुलित बोली बोलाइन्छ
त्यो अपराधी थियो कि थिएन चित्रगुप्तलाई नै थाहा होला
अन्त्यमा ठेली बन्द हुन्छ अपराधीको बोली नै बन्द हुन्छ
बढाले बोल्यो बोल्यो WIARE KEY नेपाली
(अब चुप लागौँ है त ?!)

विदुर-४, नुवाकोट