- गणेशराज वस्ती
भाग्य र भविष्य हाम्रा
आफ्नै हातमा खोज
तिमी-हामीले गरिरहेका
हरेक बातमा खोज !
बात फेरिरहने
रीतमा खोज
एकले अर्कोलाई गर्ने
प्रीतमा खोज !
प्रभातकालको
शीतमा खोज
डाँडाकाँडामा गुञ्जिने
हर गीतमा खोज !
भाग्य र भविष्य
दाजुभइ पो हुन् कि !
वल्लो-पल्लो घरका
छिमेकी पो हुन् कि !
कति लगाए यिनले
एकअर्कालाई गुन !
वा, एक-अर्काका
खाँटी विरोधि पो हुन् ?
प्रतिक्रिया