क्रियासील सदस्यताको विवादमा न्याय खोज्न राजधानीमा अनसन बस्दै देउवाका जिल्लावासी

क्रियासील सदस्यताको विवादमा न्याय खोज्न राजधानीमा अनसन बस्दै देउवाका जिल्लावासी


  • डम्बर निदाल, डडेल्धुरा

नेपाली काङ्ग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लामा विवाद कायमै रहेको क्रियासील सदस्यता पुनरावलोकनका लागि न्याय खोज्न सङ्घीय राजधानीमा अनसन बस्ने जानकारी दिइएको छ ।

क्रियासील सदस्यता पुनरावलोकन माग राख्दै आन्दोलित नेपाली काङ्ग्रेस डडेल्धुराको संस्थापन पक्षद्वारा स्थगित गरिएको रिले अनसनलाई थप सङ्घर्षको रूपमा सङ्घीय राजधानीकेन्द्रित अनसन बस्ने तयारी गरेको छ ।

जिल्ला कार्य समितिको ६३औँ तथा विशेष बैठकबाट सातौँ जिल्ला अधिवेशनका लागि स्थानीय तहबाट प्रमाणित र सिफारिस गरिएको प्रक्रिया लत्याइ सूचिकृत नभएका क्रियासील सदस्यहरू थपेको र नियमित सदस्यहरू हटाइ व्यापक हेरफेर गरिएकोप्रति आपत्ति जनाउँदै अवैध प्रक्रिया अपनाइ गरिएको कथित स्थानीय अधिवेशनहरू खारेजीको माग राख्दै केन्द्रिय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध गर्ने निर्णय गरिएको जिल्ला पार्टी सभापति तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले जानकारी दिए ।

डडेल्धुरावासीको नेपाली काङ्ग्रेसप्रतिको आस्था, लगानी र राजनीतिक पूँजीमाथि खेलबाड गरेको भन्दै पार्टी भाँडेर स्वार्थ लिने समूहको मात्र नेता बन्न खोजेकोमा अन्याय अत्याचारका विरुद्ध लड्ने प्रजातान्त्रिक पार्टीका सिपाहीहरूबाट अनसनमार्फत पीडित क्रियासील सदस्यहरूलाई न्याय दिलाउन सफल हुनेमा विश्वस्त रहेको सभापति मल्लले बताए ।

वडा अधिवेशनपूर्व उत्पन्न विवाद समाधानका लागि केन्द्रिय सभापति, केन्द्रिय निर्वाचन समितिलाई दिइएको निवेदन तथा उजुरीमाथि ५४ दिनसम्म पनि कुनै सुनुवाइ नगरिएको र उल्टै बाँकी रहेका अधिवेशनहरू सम्पन्न गर्न सभापति देउवा नै उद्दत रहेकोले समयमै सच्याउन आग्रह गर्दै वैधानिक रूपले सर्वसम्मत स्थानीय अधिवेशनहरू नभए धर्नासहित चरणबद्ध कडा आन्दोलनका कार्यक्रम तय गरिनेसमेत बैठकले निर्णय गरेको जनाइएको छ ।

आन्दोलनमा जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्यहरू, आमन्त्रित सदस्यहरू, ५२ वडा सभापति, स्थानीय तहका जनप्रतिनिधि, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधि लगायत इच्छुक नेपाली काङ्ग्रेस क्रियासील सदस्यहरूको सहभागिता रहने गरि आवश्यकताअनुसार अनिश्चितकालिन अनसनबाट न्याय खोज्न सङ्घीय राजधानी काठमाडौं पुग्ने जनाएका छन् ।

जिल्लाले पठाएका क्रियासील सदस्यहरू ५,८०४ मध्ये ४६० विनाकारण हटाइएको र समायोजन भएका १०० सहित ४१२ एकपक्षीय रूपमा नयाँ थप गरिएपछि भाद्र २५ गते गरिएको एकलौटी वडा अधिवेशनप्रति असहमति राख्दै प्रक्रियाको प्रमाणसहित ९२ पानाको अवैधानिक अधिवेशन कागजातहरू जिल्ला कार्य समितिको बहुमत निर्णयबाट केन्द्रीय कार्यसमितिलाई गत भाद्र ३१ नै बुझाइसकिएको