एमाले सामाजिक न्याय र समृद्धिको अभियन्ता : अध्यक्ष ओली

एमाले सामाजिक न्याय र समृद्धिको अभियन्ता : अध्यक्ष ओली


file photo

नेकपा (एमाले) ले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रलाई रक्षा गर्दै सामाजिक न्याय र समृद्धिको अभियन्ताका रुपमा एमाले अगाडि बढेको बताउनुभएको छ ।

सो पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले बुधबार विभिन्न चाडपर्व र पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा आयोजना गरेको अखिल शुभकामना साँझमा सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘हामी समृद्धिको यात्रामा निरन्तर अगाडि बढिरहेका छौँ । हामी समाजका सबै क्षेत्रलाई अगाडि बढाउने अगुवाका रुपमा हामी अघि बढ्न चाहान्छौँ । त्यसका क्रममा विद्यार्थी सङ्गठनले चलाएको सांस्कृतिक र अतिरिक्त क्रियाकलापले पनि योगदान दिन सक्नेछ ।’

अध्यक्ष ओली बाँकेको नेपालगञ्जको पार्टी प्रवेशमा सम्बोधन गरेर बुधबार नै काठमाडौं फर्कनुभएको थियो । कार्यक्रममा लोकप्रिय कलाकार प्रितम आचार्य, जीवन शर्मालगायतको प्रस्तुति रहको थियो ।

यसैबीच, एमालेको आशन्न दशौँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि बागमती प्रदेशस्तरको जनपरिचालन कार्यक्रममा सो पार्टीका महासचिव र्ईश्वर पोखरेलले महाधिवेशनमा कुनै प्यानलगत उम्मेदवारी नभई सकेसम्म सहमतिका आधारमा चयन हुने बताउनुभयो । एमालेको महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।