नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन राजधानीको प्रज्ञा भवनमा हुने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको स्थायी समिति बैठकले सम्मेलनको उद्घाटन र बन्दसत्र प्रज्ञा भवनमा गर्ने निर्णय गरेको हो ।
माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालका अनुसार माओवादीले राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा आमसभा भने नगर्ने भएको छ । यही मङ्सिर २५ गते हुने प्रदेश सम्मेलनलाई पार्टी अध्यक्ष प्रचण्डले भर्चुअल माध्यमबाट सम्बोधन गर्ने निर्णय भएको पनि ढकालको भनाइ छ ।
माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म आयोजना गरिने भएको छ । सात भौगोलिक प्रदेश र उपत्यका विशेष प्रदेशको सम्मेलन यही मसिर २५ गते हुँदैछ ।
माओवादीले यही मंसिर ११ गते पालिका सम्मेलन सम्पन्न गरेको थियो । राष्ट्रिय सम्मेलनका विषयमा छलफल गर्न माओवादीको स्थायी समिति बैठक आज बिहान पुनः भइरहेको छ ।
प्रतिक्रिया