नेपाली कांग्रेसको महाधिवेशन प्रचार ब्यानर सार्वजनिक

नेपाली कांग्रेसको महाधिवेशन प्रचार ब्यानर सार्वजनिक



यही मंसिर अन्तिम साता पार्टीको महाधिवेशन गर्ने तयारीमा रहेको नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनको प्रचार ब्यानर सार्वजनिक गरेको छ । मुलुकका सातमध्ये ६ प्रदेशमा बिहीबार प्रदेश अधिवेशन उद्घाटनका क्रममा महाधिवेशनको प्रचार ब्यानर सार्वजनिक गरिएको हो ।

प्रचार ब्यानर सावर्जनिक गरिएसँगै पार्टीको केन्द्रीय प्रचार प्रसार समितिले निर्धारण गरेको महाधिवेशनअघिको एकहप्ते प्रचार अभियान प्रारम्भ भएको पनि जनाइएको छ ।

ब्यानरमा नेपालको नक्साभित्र दुई युवाले नेपालको झण्डा र कांग्रेसको झण्डा बोकेको, चुनाव चिह्न रुख तथा बिपी कोइरालालगायतका अग्रज नेतृत्वको तस्बिर अङ्कित छ । सो प्रचार ब्यानरको छोटो भिडियो भने दुई दिनपछि सार्वजनिक गरिने समितिले जनाएको छ ।

ज्ञातव्य छ, कांग्रेसको १४औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुँदैछ ।