देउवा हराउन निधि, सिंह र कोइरालाको मोर्चाबन्दी हुने दाबी

देउवा हराउन निधि, सिंह र कोइरालाको मोर्चाबन्दी हुने दाबी


नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि सोमबार हुने पहिलो चरणको निर्वाचनमा कुनै उम्मेदवारले पनि सभापतिमा जित हासिल नगर्ने दाबी गरिएको छ । आफैं सभापतिका उम्मेदवार रहेका कांग्रेस नेता विमलेन्द्र निधिले यस्तो दाबी गरेका हुन् ।

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता निधिले पहिलो चरणमा सभापतिको कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसक्ने उल्लेख गर्दै दोस्रो चरणको निर्वाचनमा अन्य सबै उम्मेदवार मिलेर शेरबहादुर देउवालाई पराजित तुल्याउने दाबी समेत गरे ।

पहिलो चरणमा कसैलाई आवश्यक मत हासिल नभएपछि सभापतिको निर्वाचन दोस्रो चरणमा धकेलिने र दोस्रो चरणमा देउवाविरुद्ध मोर्चाबन्दी हुने उनको जिकिर छ । दोस्रो चरणमा आफूसहित प्रकाशमान सिंह र शेखर कोइराला मिलेर देउवाविरुद्ध मोर्चाबन्दी गर्ने उनको भनाइ छ ।

कांग्रेसमा सभापति निर्वाचित हुनका लागि ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था छ र पहिलो चरणमा कसैले पनि सो आँकडा पूरा गर्न नसक्ने निधिले दाबी गरेका हुन् ।