- गणेशराज वस्ती
यो जिन्दगी
भोगेपछि देखिने !
सबैले भोग्ने !
आ–आफ्नै पाराले !
यसको परिभाषा
यसको ब्याख्या
वा समीक्षा !
मान्छेपिच्छे फरक !
यो प्राकृतिक
वा कृत्रिम !
प्रकृतिकै उपहार हो,
साथै मानिसले खनेको
गोरेटोमा डोरिने पनि !
प्रकृति र कृत्रिमताको दोभानको जिन्दगी !
यस्तो जिन्दगीमा
हामी कतिको ताल भने !
उसको त्यस्तो जीवन
मेरो त यस्तो !
ऊ, परकाको झन् त्यस्तो !
म अभागी !
थुइक्क म !
के यसो भन्नु ठिक हो र ?
के सबैको जीवन
एकै खालको हुन सक्छ र !
के एकको जिन्दगी अर्कोसँग तुलना गर्न मिल्ला !
यसका लागि हेरौँ न नेपालकै
चौध अञ्चल र सतहत्तर जिल्ला !
के सबैको उचाइ उही छ ?
के तिनका भूगोल यौटै छ ?
तर जता हे¥यो उतै हरियो !
शिरमा हिमाल छ त !
पाउमा सुनजस्तो अन्नबाली !
मध्यभागमा फलफूलले हरियाली !
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका
कयौँ घरमा खुशियाली
अनेक घर
अनेकै थर
अनेकै बनावट
त्यस्तै छ सजावट !
छैन तुलना
छैन पीर !
यस्तो कर्ममा
प्राप्त हुन्छ खिरैखिर !
कर्म गर
तुलना नगर
यसरी नै घर बनाऊ
जिन्दगी सजाऊ !
प्रतिक्रिया