- रामचन्द्र ढकाल
यै माटो छ प्यारो, उखेल्न नखोज
यहीँ छु म खुशी, धकेल्न नखोज ।
किन हो र सधैं, पोखरी खोजेको
म यहीँ सफा छु, पखाल्न नखोज ।
कति धाक दिन्छौ, अनि ठुलो बन्छौ
म सक्छु तिमी झैँ, खसाल्न नखोज ।
ल जान्छु त्यहाँ म, बोलायो जसले
यो पीडा दुःखमा, बसाल्न नखोज ।
यही नै रीति हो, सकियो लेखेको
म जान्छु विधाता, समाल्न नखोज ।
(२)
निशा सापटी भो, सताउन आऊ
सबै हाल सुन्छु, बताऊन आऊ ।
कहाँ मिल्छ तातो, हिउँमा उफारी
भिजेको सिरानी, तताऊन आऊ ।
बढाउँ कि माया, मितेरी लगाइ
गाजलु नशाले, मताउन आऊ ।
कसोरी मिलायौ, तिमीले तकिया
बुझेको छु भाषा, अताऊन आऊ ।
छ जिरा सिलौटो, अँगेनो र आगो
बरू यो कतुवा, कताउन आऊ ।
- कोमल, काठमाडौं
प्रतिक्रिया