व्यथा-रामेश्वर राउत मातृदास

व्यथा-रामेश्वर राउत मातृदास


नेता भए देशका व्यथा
आलो रगत खाने,
जनताजनको पसिना लुटी
नरह लोकमा लाने !

जिब्रा लप्लप् भुँडी हल्लाई
लासहरू लौ हाँस,
स्वदेश किन यो मसानघाट भो
मूर्दाहरूको बास !

राष्ट्र गौरव देख्नुपर्‍यो हे !
धुलीमैदान सर्वनाश,
बाँकी रहेका हाडखोड बटुली
हाल अझै बडाबडा गाँस !

रुन्न-रुन्न हे अब म रुन्न
लैजा खा˜सब खून !
तँलाई हेरि लाज मान्छ त्यो
मसानघाटको धून !

राता-राता गाला तेरा
ताप्छस् के तँ धुनी –
पाइस् किन यो धरणी कोखमा
धिक्कार होस् तेरो जुनी !

रुन्छिन् आमा हरपल पिलपिल
आँखा आँसुमै झारी
के खान्छन् तँ शरम नमानी
जन्मभूमिलाई मारी –
-वशिष्ठधाम, निर्झ दिलचेत, सिन्धुबस्ती

कत्ति अभागी-इन्द्रकुमार श्रेष्ठ
कति अभागी रहेछ यो कलम
उसले लेखेको अर्थै हुँदैन
कति अभागी रहेछ यो अक्षर
जसको उपस्थितिको वास्तै हुँदैन
कति अभागी रहेछ यो सडक
जति भीड बोके पनि धर पाउँदैन
कति अभागी रहेछ यो मुख
जति कराए पनि उत्तर आउँदैन
कति अभागी रहेछ बिचरा आसामी
सर्वस्व गर्दा पनि साहूको ऋण तिरिँदैन
कति अभागी रहेछ यो आँखा
मनले देखेको देख्दै पाउँदैन
कति अभागी रहेछ यो कान
जति सुने पनि कुरा फेरिँदैन
कति अभागी रहेछ यो हात
जति हल्लाए पनि कहीँ पुग्दैन
कति अभागी रहेछ यो चेतना
जति चिन्तन गरे पनि सङ्लो हुँदैन
कति अभागी रहेछ यो माटो
बीउ उम्रन्छ, तर फल्दैन ।
-कमलकुञ्ज, ओखलढुङ्गा