- रुक्मणी अमात्य, बेल्जियम

अलिखित कथाहरु
मुटुभित्रका ब्यथाहरु
सधैं मुटुभित्रै जडरुपी
कहिल्यै नमेटिने गरि
छापिएका छन् मुटुभित्रै !
जति बिर्सने प्रयास गरे पनि
उत्ति नै स्पष्ट र छर्लङ्ग
प्रवाह भइदिन्छन्
नशा-नशामा रगत सरि
लछालुङ मनपरी
अटोस् नअटोस् मतलब छैन
कोच्चिएका छन् मुटुभित्रै !
त्यसैले आफैले कयौं पटक
बाध्य भइ पढ्छन् अनि
भावना बनि बगिदिन्छन् !
सायद त्यो गल्ती नै किन नहोस्
थिचीमिची मुटुभित्रै
न कोहि लेखक नै भेटाए
ती कथाहरु लेख्न
न त कुनै मेशिन नै आबिष्कार भए
झुट र सत्य छुट्याउन !
केवल अदृष्य कथा बनिरहे
अझै थप गरिरहेछन्
झुठो आश्वासन लिएर
बाध्य भइ पर्खीरहेका छन् !
काँचुली फेर्ने बहानामा
नयाँ कथाहरु कोट्याउन
पल-पल चुकेका छन्
केवल अमुल्य समयलाई
खेर फालिरहेका छन् !
सपना हो कि विपना हो
भुटिरहेका छन्
यसरी नै आफूभित्र आफै
हराइरहेका छन् !
प्रतिक्रिया