भाग्यमानी कण !

भाग्यमानी कण !


  • ई. गणेशराज वस्ती

धर्ती आज !
छिन् कति मुलायम !
कोमल छन् धर्ती !
जो प्रवाह गर्छिन्
प्रशस्त उपदेश
अनि अर्ती !
आकाश त्यस्तै !
जहाँ उडुँ-उडुँ लाग्छ
त्यहाँ पुगेर,
कुदुँ-कुदुँ लाग्छ !
त्यतै-त्यतैदेखि
फर्किएर फेरि !
धर्तीमा दबिएर
हराउँ जस्तो लाग्छ !
फुत्त निस्किएर फेरि
उड्दै आकाशमा
कराउँ जस्तो लाग्छ !
देखेर यो प्रकृति
विछट्टै छु आज !
रङ्गिचङ्गी प्यारी
धर्ती छन् तल
शीतल पवनको
भकारीमाथि आकाश
म भाग्यमानी यौटा कण छु
यिनीहरू माझ !