निर्वाचनलाई लक्षित गर्दै मिडिया डेक्स गठन

निर्वाचनलाई लक्षित गर्दै मिडिया डेक्स गठन


  • कपिलवस्तु प्रतिनिधि

नेपाल प्रेस युनियन कपिलवस्तुका उपसभापति खगप्रसाद चापागाईंको संयोजकत्वमा मिडिया डेक्स गठन गरिएको छ ।

स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसको सुवेक्छुक संस्था नेपाल प्रेस युनियनको मिडिया डेक्स गठन गरिएको हो ।

मिडिया डेक्सको सदस्यहरुमा मणिप्रसाद गैरे, अशोक पौडेल, कृष्ण पौडेल, नारद कोहार, कृष्णप्रसाद गैरे, कृष्ण थापा रहेका छन् ।

मिडिया डेक्सले स्थानीय तहको निर्वाचनमा रिपोर्टिङ गर्ने जिम्मेवारी पाएको छ । मिडिया डेक्सको सल्लाहकारमा नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्य, पुर्व अध्यक्ष मनोज पौडेल र नेपाल प्रेस युनियनका सभापति गोपाल भण्डारी रहेका छन् ।