आज पनि सगरमाथा आरोहण बन्द : बेपत्ता मंगोलियनको खोजी अवरुद्ध

आज पनि सगरमाथा आरोहण बन्द : बेपत्ता मंगोलियनको खोजी अवरुद्ध


प्रतिकूल मौसमका कारण हिजो मंगलबार (२ जेठ) र आज बुधबार विश्वको सर्वाेच्च शिखर सगरमाथा आरोहण बन्द भएको छ । पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार सगरमाथाको क्याम्प ४ भन्दा माथिको मौसमी प्रतिकूलताको कारण सगरमाथा आरोहणको अनुमति लिएका कुनै पनि टिमको समिट हुन सकेन ।

‘बुधबार (आज) कुनै पनि समिट नहुने जानकारी पर्यटन विभागको फिल्ड कार्यालय, सगरमाथा बेसक्याम्पले जनाएको छ’- निर्देशक गुरुङले भने ।

सगरमाथा हिमश्रृङ्खलाको ८ हजार मिटरमाथि बेपत्ता भएका २ जना मंगोलियन आरोहीको खोज उद्दारको लागि ‘एट के एक्स्पेडिसन प्रा.लि.’ले मंगलबार नै दुई जना शेर्पा पठाएकोमा मौसमी प्रतिकूलताको कारण उनीहरु क्याम्प ४ मा नै रोकिएका छन् ।

उनीहरुको खोजीका लागि थप २ जना शेर्पा हाल क्याम्प ३ नजिक पुगेको निर्देशक गुरुङले जानकारी दिए ।