बायर्नलाई पराजित गर्दै भिल्लारियल १६ वर्षपछि सेमिफाइनलमा

बायर्नलाई पराजित गर्दै भिल्लारियल १६ वर्षपछि सेमिफाइनलमा


जर्मन महारथी क्लब बायर्न म्युनिखलाई दोस्रो लेगमा १–१ गोलको बराबरीमा रोक्दै स्पेनिस क्लब भिल्लारियल १६ वर्षपछि युइएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति १–१ को बराबरीमा खेल सकिए पनि पहिलो लेगमा भिल्लारियलले बायर्नलाई १–० अन्तरले पराजित गरेको थियो ।

समग्रमा भिल्लारियल २–१ अन्तरले विजयी भयो । योसँगै ६ पटकको च्याम्पियन बायर्न प्रतियोगिताबाट बाहिरिएको छ ।

दोस्रो लेगमा खेल पूरा आफ्नो पकडमा राखेपनी बायर्न सफल हुन सकेन । खेलको ५२ औ मिनेटमा रोबर्ट लेवास्डोस्कीले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । तर, भ्रमणकारी टोलीका स्यामुअल चुक्केजेले खेल सकिन दुई मिनेट अघि गोल गर्दा बायर्न स्तब्ध भयो । सेमिफाइनलमा भिल्लारियलले बेन्फिका र लिभरपुलबीचको विजेतासँग खेल्नेछ ।

मंगलबार नै भएको अर्को खेलमा रियल मड्रिड क्लब चेल्सीसँग ३(२ अन्तरले पराजित भएपनि सेमिफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा रियल पराजित भएपनि समग्रमा ५(४ को जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो ।

पहिलो लेगमा चेल्सी घरेलु मैदानमा ३(१ अन्तरले पराजित हुनु नै अन्तिम आठबाट बाहिरिनु परेको छ ।