करातेमा सरितालाई कास्य

करातेमा सरितालाई कास्य


कोबे-ओसाका अस्ट्रेलिया कराते च्यायम्पियनसिपमा नेपालकी सरिता श्रेष्ठले कास्य जितेकी छन् । आइतबार आयोजित महिला एकल काता प्रतियोगितामा सरिताले कास्य जितेको कराते प्रशिक्षक राम थारुले जनाएका छन् ।

अस्ट्रेलियाको मेल्बर्नमा भएको प्रतियोगिताअन्तर्गत सरिताको स्पर्धामा १३ खेलाडी सहभागी थिए । प्रशिक्षक थारुका अनुसार सरिताले तीन खेलाडीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकी थिइन् ।

सेमिफाइनलमा पराजित भएपछि सरिता कास्यमै सीमित भइन् ।