बक्सिङ टोलीको बिदाइ

बक्सिङ टोलीको बिदाइ


यही २०२२ को मे ८ देखि १९ तारिखसम्म टर्किको इस्तानबुलमा ८३ देशका १९२ खेलाडीको सहभागितामा हुन गइरहेको आईबा विश्व महिला बक्सिङ्ग च्यािम्पयनशिपमा सहभागी हुनका लागि चार महिलासहित २ जना प्रशिक्षक र एक जना टिम व्यवस्थापकसहित जम्मा सात जनाको टोलीलाई शुक्रबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले बिदाइ गरेका छन् ।

उक्त बक्सिङ टोलिमा नेपाली महिला बक्सिङ ४८ किलो तौल समुहमा नेपालकी उदियमान खेलाडी सुस्मा तामाङले व्रिश्वका उत्कृष्ट बक्सरहरुका बीच आफ्नो चुनौती प्रस्तुत गर्नेछिन् ।

तामाङले यसअघि पनि आईव युथ वर्ल्डच्याम्पियनशीपमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै विश्व वरीयतामा आफुलाइ ६ नं. वरीयताक्रममा उभ्याउन सफल रहेकी छन् ।

त्यसैगरी ५२ किलो तौल समुहमा १३औँ सागमा नेपाललाई स्वर्ण पदक जिताउन सफल एवम् एशियन ग्राण्डस्लाम बक्सिङ च्याम्पियनशिपमा समेत रजत पदक जित्न सफल रहेकी मिनु गुरुङले प्रतिष्पर्धा गर्नेछिन् भने महिला ५७ किलो तौल समुहमा गत वर्ष रुषमा सम्पन्न आर्मीको विश्वस्तरको खेलमा एउटा फाइट जित्न सफल रहेकि चन्द्रकला थापाले प्रतिष्पार्धा गर्नेछिन् ।

त्यसैगरी ६० किलो तौल समुहमा भने अल इन्डिया ओपन च्याम्पियनशीपमा काश्य पदक जित्न सफल एवम् भर्खरै थाइल्याण्डको फुकेटमा सम्पन्न थाइल्याण्ड ओपन इन्टरनेशनल बक्सिङ प्रतियोगितामा समेत काश्य पदक प्राप्त गरेकी पुनम रावलले प्रतिष्पर्धा गर्नेछन् ।

उक्त प्रतियोगितामा नेपालको तर्फबाट प्रमुख प्रशिक्षक प्रकाश थापामगर तथा आईबा थ्रि स्टार कोच एवम एशियन पदकधारी दीपक महर्जन रहेका छन भने टिम व्यवस्थापकमा नेपाल बक्सिग सघका केन्द्रिय सदस्य एवम् योगा थेरापिष्ट पुष्करराज पन्त रहेका छन् ।

उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने खेलाडीले एक लाख, दोस्रो स्थान प्राप्त गर्नेले पचास हजार, तथा तेस्रो स्थान प्राप्त गर्नेले पच्चिस हजार अमेरिकन डलर प्राप्त गर्ने छन् ।

साथै यही सन २०२२ को सेप्टेम्बरमा चीनमा हुने १९ औ एशियन गेम्सका लागि महत्वपुर्ण तैयारीको रुपमा पनि यो विश्व बक्सिङ च्यािम्पयनशिप महत्वपुर्ण खेल हुने व्रिश्वास नेपाल बक्सिग संघले लिएको छ ।

उक्त प्रतियोगिताको दौरानमा हुन गइरहेको आइवाको चुनावमा सहभागी हुनका लागि नेपाल बक्सिङ संघका अध्यक्ष श्रीराम अवाले र केन्द्रीय सदस्य मान बहादुर भण्डारी पनि अर्को हप्ता ईस्तानबुल प्रस्थान गर्नेछन् ।