नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सर्ने !

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सर्ने !


यसै महिनाको अन्तिम साता गण्डकी प्रदेशमा हुने तय भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति पछाडि सर्ने भएको छ ।

कोभिड १९ महामारीका कारण दुई वर्ष ढिलो भइसकेको नवौँ राष्ट्रिय खेलुकद २२ देखि २८ जेठसम्म गण्डकी प्रदेशमा हुने तय भइसकेको थियो ।

तर, प्रतियोगिता सुरु हुन १९ दिन मात्रै बाँकी रहँदा कुनै पनि कमिटी बनिनसकेको र टेन्डर आह्वानका लागि आवश्यक ३५ दिनको समयसीमा पनि नपुग्ने भएकाले प्रतियोगिता सर्ने पक्का भएको बुझिएको छ ।

प्रतियोगिता सर्ने भएसँगै दशैँअगाडि सक्ने गरी नवौँ राष्ट्रिय खेलकुदको मिति तय गर्ने तयारी भइरहेको बताइन्छ ।

नवौँ राष्ट्रिय खेलकुदका लागि लोगो, मस्कट र नारा मात्र सार्वजनिक भएको छ । यस्तै ३८ खेलमा प्रतिस्पर्धा गराउनेसमेत तय गरिसकेको थियो ।