राष्ट्रिय खेलकुद सऱ्यो, नयाँ मिति असोज अन्तिमसाता

राष्ट्रिय खेलकुद सऱ्यो, नयाँ मिति असोज अन्तिमसाता


गण्डकी प्रदेशमा हुने तय भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी अभावका कारण सरेको छ ।

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज, राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङ, उपाध्यक्ष शिव कोइरालाको उपस्थितिमा भएको कार्यक्रमले मिति सरेको जनाएको हो ।

नवौँ खेलकुद प्रतियोगिता २२ देखि २८ जेठमा हुने पूर्व निर्धारित तालिका थियो ।

नयाँ मिति २८ असोजदेखि ३ कार्तिकका लागि तोकिएको छ । युवा तथा खेलकुदमन्त्री गहतराजले वर्षा समय र दशैँ तिहार नछेकिने गरि मिति तय गरेको जनाए ।