तपाईंको दृष्टिमा

तपाईंको दृष्टिमा


सधैं चर्चामा आइरहने नायक हुन् भुवन केसी । चर्चाको पक्षमा उनको भनाइ छ, ँनाम होस्, बद्नाम होस् तर गुमनाम नहोस् ।’ नेपाली सिनेमा क्षेत्रमा सदावहार नायकको रूपमा स्थापित भुवनले पछाडि फर्केर कहिल्यै पनि हर्ेर्नुपरेन । सफलताका साथ अगाडि बढिरहेका भुवन सफल कलाकार मात्र होइनन् कि सफल फिल्ममेकर पनि हुन् । उनले निर्माण गरेका पाँचवटा चलचित्रमध्ये चारवटा चलचित्रले सफलता हात पारिसकेका छन् भने उनले निर्माण गरेको पाँचौँ चलचित्र ँसाथी म तिम्रो’ फागुन १९ गतेदेखि प्रदर्शनमा आउँदै छ । चर्चित अनि सफल नायक भुवन केसीको दृष्टिमा जीवन र जगत के हो त ? ँतपाईंको दृष्टिमा’ स्तम्भका लागि राजन घिमिरेसँग यसरी प्रस्तुत भए नायक भुवन केसी ।

० जीवन के हो ?
– निरन्तरता
० प्रेम के हो ?
– जीवन
० सुन्दरता के हो ?
– दृष्टि
० मन के हो ?
– भ्रम
० भावना के हो ?
– मनको तरङ्ग
० विवाह के हो ?
– सम्बन्ध
० बन्धन के हो ?
– भावना
० अपमान के हो ?
– हीनताबोध
० इज्जत के हो ?
– मान-सम्मान
० बेइज्जति के हो ?
– आत्मग्लानि
० मिलन के हो ?
– समय
० विछोड के हो ?
– पीडा
० जवानी के हो ?
– यौवनको अल्हडपन
० बालपन के हो ?
– सुन्दर क्षण
० तृष्णा के हो ?
– लोभ, मोह
० रिस के हो ?
– पतनको बाटो
० जोस के हो ?
– आवेग
० नसा के हो ?
– दुर्व्यसन
० यौन के हो ?
– जैविक आवश्यकता
० सन्तुष्टि के हो ?
– मनको सन्तुष्टि
०र् कर्तव्य के हो ?
– जिम्मेवारी
० विश्वास के हो ?
– भरोसा
० असल के हो ?
– सुन्दरता
० खराब के हो ?
– हेर्ने दृष्टि
० सबभन्दा ठूलो धोखा के हो ?
– विश्वासघात
० दु:ख के हो ?
– असन्तुष्टि
० सुख के हो ?
– मनको सन्तुष्टि
० खुसी के हो ?
– आनन्द
० आनन्द केमा छ ?
– आफ्नो मातृभूमिमा बाँच्नु
० मित्र को हो ?
– जो आपत्मा साथ दिन्छ
० शत्रु को हो ?
– जसले घात गर्छ ।
० सङ्घर्ष के हो ?
– जीवन
० प्राप्ति के हो ?
– मनको सुख
० आस्था के हो ?
– विश्वास
०र् धर्म के हो ?
– आस्था
० नैतिकता के हो ?
– आफैंमा तोकिने समरेखा
० चरित्र के हो ?
– हृदयको समापन
० ज्ञान के हो ?
– विवेकशील हुनु
० बुद्धि के हो ?
– समझदारी
० सम्झौता के हो ?
– समयको माग
० सृष्टि के हो ?
– सुरुवात
० गुरु को हो ?
– जसले संस्कार बुझाउँछ
० राजनीति के हो ?
– सुव्यवस्था
० देश के हो ?
– आफ्नो पहिचान
० समाज के हो ?
– मानव सभ्यता
० पद के हो ?
– जिम्मेवारी
० विकास के हो ?
– सुसंस्कृति समाजको
० व्यापार के हो ?
– जीवन धान्ने मेलो
० अनुशासन के हो ?
– नैतिकता
– सिनामंगल, काठमाडौं

आउँछु भन्दै सञ्चिताले जिल्याउँदा
माघ १३ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र विजयपथको प्रेस भेटघाट थियो आइतबार । काठमाडौंको अनामनगरमा रहेको युनियन हाउसमा यो चलचित्रका निर्माता/निर्देशक वसन्त निरौला सबै सञ्चारकर्मीहरूको स्वागत गरिरहेका थिए र भन्दै थिए, ‘अब कार्यक्रम सुरु भइहाल्छ ।’ यसो भन्दै उनी मोबाइल कानमा राखेर यताउति गर्दै थिए । ‘वसन्तजी कार्यक्रम’ सुरु गरौँ न त । जवाफमा निरौलाले भने, ‘अब सुरु भइहाल्छ । नायिका सञ्चिता लुइँटेल पनि आउँदै छिन् । पाँच मिनेट कुरौँ न ।’ उनको आग्रह सबैले माने । पाँच मिनेट त एक घन्टा भइसकेको थियो तर सञ्चिता आइनन् । हुन त अघिल्लो दिन नै सञ्चिताले आफूले पनि आउने कुरा बताएकी थिइन् रे । सञ्चारकर्मीहरूले उनका लागि एक घन्टा कुरे तर सञ्चिता आइनन् । आमा भएपछि सार्वजनिक कार्यक्रममा सञ्चिता पहिलोपटक आउन लागेकी थिइन् र सञ्चिता आएपछि सोध्ने प्रश्नहरू पनि तयार थिए त्यहाँ । तर, उनी नआएपछि विजयपथका निर्देशक मात्र होइनन् कि सञ्चारकर्मीहरू पनि जिल्लिए । सञ्चिता आउनै सक्दिनन्, किनकि प्रश्नको वर्षा हुन्छ र निखिल उप्रेतीसँगको सम्बन्धलाई लिएर सञ्चारकर्मीहरूले पेल्लान् भन्ने डरले उनी आउन सकिनन् भन्ने सञ्चारकर्मीहरूले अड्कल अन्तत: सत्यसावित नै भयो । कार्यक्रममा मुर्म्बईमा रहेका निखिलले सञ्चितालाई नजानु भनेका होलान् भन्नेतिर पनि चर्चा चल्यो भने आउँछु भन्दै कार्यक्रममा करिब पचासभन्दा बढी सञ्चारकर्मीलाई जिल्याउन सञ्चिता सफल भइन् । निखिल उप्रेतीजस्ता हिट नायकलाई त जिल्याउन सफल भएकी सञ्चिताले अरूलाई जिल्याउन किन नसक्नु ? अर्का सञ्चारकर्मी गुनासो गर्दै थिए । चाखलाग्दो कुरा के भयो भने कार्यक्रम सकिएर सबैजना हिँड्ने समयमा करिब तीन घन्टा बितिसकेको थियो र पछि निर्देशक वसन्त निरौलाले सञ्चितालाई फेरि एकपटक फोन गरे गुनासो गर्नका लागि । त्यो समयमा पनि अर्थात् तीन घन्टापछि पनि सञ्चिताले भनिन्, ‘म आउँछु ।’ यो सुनेपछि सबै हाँसे ।

गायनमा प्रह्लादको नौलो महक
मानिसको मनभित्र अनेक प्रतिभा लुकेर रहेका हुन्छन् । समय, सन्दर्भ र संयोग नमिलेसम्म त्यो प्रतिभा कतै दबेर बसिरहेको हुन्छ । त्यस्तै भयो, प्रह्लाद तिमिल्सिनाको जीवनमा पनि । लामो समयसम्म उनको गायन प्रतिभा खुम्चिन बाध्य भयो । तर, हालै प्रह्लादले त्यो प्रतिभा उजागर गरेका छन् ।
केही दिनअघि राजधानीमा आयोजित कार्यक्रममा आफ्नो एल्बम विमोचनका साथ मीठामीठा गीत प्रस्तुत गरेर प्रह्लादले साबित गरेका छन्, नेपाल गायनमा एउटा आसलाग्दो नयाँ प्रतिभाको जन्म भएको छ । प्रह्लादको स्वरको प्रशंसा गर्दै अहिलेका चर्चित गीतकार राजेन्द्र थापाले भनेका थिए, ‘उनको स्वरमा नयाँ पन छ । कुनै प्लेब्याक सिंगरकोजस्तो ओजपूर्ण आवाज छ ।’
त्यसैगरी राष्ट्रकवि माधव घिमिरेको कथन थियो, ‘नेपाली सङ्गीतमा एउटा अर्को सुन्दर फूल फुलेको छ, यो फूलले पक्कै मीठो सुवास र्छर्नेछ ।’ त्यसैगरी नेपाल सङ्गीत नाट्य प्रतिष्ठानका कुलपति अम्बर गुरुङ, गीतकार एसपी कोइराला र सङ्गीतकार आलोकश्रीले पनि उनको स्वरको मुक्तकण्ठले प्रशंसा गरेका थिए । ‘धेरै समयपछि स्वरमा जादु भएको प्रतिभा भेटेपछि मैले सहकार्य गरेको हुँ,’ सङ्गीतकार आलोकश्री भन्छन् ।
गायक तिमिल्सिना मूलत: व्यवसायी हुन् । ०३४ साल असारमा जन्मिएका प्रह्लादले आठ कक्षासम्म हेटौंडामा पढे । त्यसपछिको पढाइ उनले भारतको गोरखपुरबाट पूरा गरे । सानोमा उनलाई गायक बन्ने ठूलो रुचि थियो । उनी गोरखपुरमा रहँदा हिन्दी र भोजपुरी गीत खुवै गाउँथे । स्कुलको गायन प्रतियोगितामा प्रथम भएका थिए । उनी खासगरी मोहम्मद रफी, किशोर कुमारका गीत गाउन माहिर थिए । तर, पढाइ र त्यसपछिको व्यवसायका कारण उनले गायनमा समय दिन सकेनन् । घरमा बुबाआमाले भन्नुहुन्थ्यो, ‘विजनेसम्यानको छोराले गाएर हिँड्नुहुदैन । विजनेस ब्रि्रन्छ ।’ त्यसैले लामो समयसम्म उनको गाउने धोको दबिएर रह्यो ।
गायक बन्ने उनको पुरानो धोको हालै मात्र पूरा भएको छ । उनकै स्वरमा रहेको एल्बम ‘महक’ बजारमा आएको छ । उनको रहरलाई जगाएर साकार पारेका हुन्- आलोकश्रीले । आलोकश्रीकै सङ्गीत र शब्दमा एल्बम ‘महक’ तयार भएको हो । यसमा काल्रि्रसाद रिजाल र श्रीपुरुष ढकालको पनि शब्द रहेको छ । एल्बमको ‘हेरा तारा’ र ‘बारुले कम्मर’लगायतका गीत हिट भइसकेका छन् ।
‘मेरो स्वरमा उदीतनारायणको मिठास आउँछ भन्छन्, कसैकसैले राहुल वैद्यको स्वरसँग मिल्छ भनेका छन्,’ प्रह्लाद भन्छन्, ‘सङ्गीतमा लाग्दा आनन्दित हुन्छु । व्यवसायका साथै सङ्गीतमा पनि पहिचान बनाउन सकिन्छ कि भनेर यस क्षेत्रमा भिडेको हुँ ।’

डाउनलोड गरेर चोर लखपति
‘एक वर्ष अगाडिसम्म पनि गायक याम क्षेत्रीको हैसियत सामान्य मान्छेभन्दा पनि कम थियो । तर, एक वर्षकै अन्तरालमा उसको हैसियतले शिखर चुमेको देख्दा हामी सबै तिनछक्क परेका थियौैँ,’ एक लोकगायक यसै भन्छन् ।
आफूले गाएको लोकगीतको अनधिकृत रूपमा अरूको मोबाइलमा डाउनलोड गरेर गैरकानुनी रूपमा दाम कमाइरहेका लोकगायक याम क्षेत्रीको बारेमा यस्तै प्रतिक्रिया दिने गर्छन् आजकल उनका सहकर्मीहरू । यतिबेला गायक क्षेत्री प्रहरीको फन्दामा परिसकेका छन् भने रातारात उनको हैसियत र जीवनशैलीमा देखा परेका परिवर्तनको कारण पनि खुलिसकेको छ । नेपाल टेलिकमका कर्मचारीसँग मिलेर पासपोर्टको दुरुपयोग गर्दै मोबाइलकर्ताको अनुमतिबिना गोप्य रूपमा गीत डाउनलोड गरेर पैसा कमाइरहेका याम क्षेत्री अब गायन क्षेत्रमा उपस्थित हुन निकै गाह्रो हुने समय आएको छ । उनी कुनै कारणले प्रहरीबाट छुटे तापनि साङ्गीतिक बजारमा भने ‘सङ्गीतचोर’को संज्ञा पाएका छन् भने नेपाली लोकसङ्गीत क्षेत्रमा उनको उपस्थितिले अब घृणा मात्र पाउने देखिन्छ ।
उनले यो गैरकानुनी काम पहिलेदेखि नै गर्दै आएका थिए तर प्रहरीले भने पछि मात्र थाहा पाएको थियो । उनले गाएको गीत राम्रै थियो र कानुनी रूपमा पनि सीआरबीटी राम्रै डाउनलोड भइरहेको थिए । तर, चाँडो करोडपति हुने सपनाका कारण याम रोडमा आए । अहिले प्रहरीको चिसो भुइँमा दिन बिताइरहेका याम कुनै समय राति दोहोरी रेस्टुरेन्टमा गीत गाउँथे । लोकगायनमा सङ्घर्ष गर्दै दुई छाक खान र कोठाको वहाल तिर्नसम्म पुग्दा पनि आफ्नो जीवनलाई धन्य ठान्ने यामलाई महत्त्वाकाङ्क्षी सपनाले नै अन्तत: डुबायो । ‘क्यासेट बिक्दैनथ्यो तर मोबाइलमा भने ३-४ लाख गीत डाउनलोड भयो भनेर उसले भनिरहन्थ्यो । हामी पनि तिनछक्क पर्दथ्र्यौ कि कसरी त्यत्रो डाउनलोड भयो । पछि पो थाहा भयो कि उसले त गलत काम पो गरेको रहेछ,’ एक लोकगायक भन्छन् ।
उनीहरूका अनुसार आफ्नो जीवन नै लोकगायनमा समर्पित गर्नेले एउटा राम्रो मोटरसाइकल किन्न सकेका छैनन् तर एक वर्षअगाडि मात्र गीत गाउन थालेकाको हैसियत शिखरमा पुग्नुले पनि एक दिन तल झर्नुपर्छ भन्ने उदाहरण यामको क्रियाकलापबाट देखाएको छ । त्यसो त लोकगायकहरू यो क्षेत्रमा यसरी रातारात हैसियतमा पुगेकाहरू अरू पनि भएको कुरा बताउँछन् । एउटा लोकगीत गाएर रातारात हैसियत उचो पार्न साँच्चै गाह्रो छ । तर, यहाँ यो क्षेत्रसँग आबद्ध अन्य व्यक्तिहरूको जीवनशैली देख्दा आश्चर्य मान्नुपर्ने अवस्था छ । क्यासेट बिक्दैन, सीडी बिक्दैन तर उनीहरूको हाइफाई गजबको छ ।
‘शीतल दिने पीपल समी छ
अरू मलाई पुगेकै छ
सानु तिमी छैनौ,
तिम्रै कमी छ…’
यति मीठो गीत गाउने गायक याम क्षेत्रीलाई पैसाले भने कहिल्यै पनि पुगेन । त्यही कारणले उनी प्रहरीको फन्दामा परे ।
अरूको मोबाइलमा गैरकानुनी रूपमा आफ्ना गीत डाउनलोड गरेर धन कमाउने गजबको आइडिया रचेका थिए उनले । त्यसमा पनि प्रिपेडमा नभएर पोष्टपेडमा मात्र गीत डाउनलोड गर्थे उनी । प्रिपेडमा डाउनलोड गर्दा ग्राहकले पैसा घटेको थाहा पाउने कुरा उनले राम्ररी बुझेका थिए । त्यसकारणले पनि पैसा घटेको थाहा नहुने पोष्टपेड मोबाइलमा गायक याम गीत डाउनलोड गरिदिन्थे । यसरी एउटा मोबाइलमा गीत डाउनलोड गर्दा मोबाइलधनीको बाह्र रुपैयाँ खर्च हुन्थ्यो भने त्यसबाट यामलाई तीन रुपैयाँ चानचुन पैसा हातमा पर्दथ्यो । यसरी दु:ख नै नगरीकन धन कमाउने यामले अन्तत: धनसँगै आफ्नो नाम पनि गुमाए । अब गायन क्षेत्रमा कहिले पनि शिर ठाडो नहुने गरेर निहुरिएका छन् याम ।
यो घटनाले अर्को एउटा कुरा पनि अचम्म पारिदिएको छ । त्यो के हो भने गीत बजाएबापत मिडियाले रोयल्टी दिएन अनि र्सजकको शोषण गर्‍यो भनेर कुर्लने सङ्घ/संस्थाहरू यो मामिलामा बोलेका छैनन् । यो विषयमा उनीहरू बोल्नै चाहँदैनन् भने जनताको यत्रो रकममाथि खेलवाड गर्ने यामजस्ता फटाहा गायकको विरुद्धमा किन चुप लागेर बसेका छन् उनीहरू ?

केपीले दोलखामा निर्देशन सिकाउने
हुन त चलचित्रका निर्देशकहरू फिल्मको सुटिङमा हुनुपर्ने हो या यस्तै कुनै चलचित्रसम्बन्धी कार्यक्रममा देखिनुपर्ने हो र चलचित्रहरूको कथा, निर्देशन वा कलाकारहरूको छनोटमा व्यस्त रहनुपर्ने हो तर माघ २६ गतेदेखि एक हप्तासम्म चलचित्र निर्देशकहरूको एक झुण्ड नै दोलखातिर जाने भएको छ । त्यसो त यी निर्देशकहरू एक हप्ताका लागि दोलखामा घुम्न जान लागेका भने होइनन् । न त उनीहरू कुनै पिकनिक खान नै जान लागेका हुन् । कुरा के हो त ? चलचित्र निर्देशक समाजका अध्यक्ष केपी पाठक भन्छन्, ‘हामी अन्तर्राष्ट्रिय फिल्म वर्कसप गर्दै छौँ । यो कार्यक्रममा निर्देशनसम्बन्धी प्रशिक्षण दिइनेछ ।’
यो वर्कसपमा निर्देशकहरूलाई प्रशिक्षण दिन केही अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरू पनि आउने भएका छन् । ‘हामीले यसप्रकारको कार्यक्रम पहिले चितवनमा गरेका थियौँ भने यसपटक दोलखामा गर्न लागेका हौँ । हामीलाई विश्वास छ कि यो कार्यशाला फलदायी हुनेछ,’ निर्देशक केपी पाठक भन्छन् ।
त्यसो त रहरले र परेर चलचित्र निर्देशक बन्नेहरूका लागि यस्तो कार्यशाला फलदायी हुने कुरा बताइएको छ । ‘चलचित्र निर्देशनजस्तो गहन विधालाई हामीले हलुका रूपमा लिनुभएन । रहरेहरूको भीडले गर्दा पनि हामी र हाम्रो सिनेमा पछाडि परिरहेका छन् । त्यो कुरालाई केही हदसम्म मेट्ने छ यो कार्यशालाले,’ पाठकले भने ।
निर्देशक समाजले दोलखामा यो कार्यशालामा अन्तरक्रिया मात्र होइन र भाषण अनि छलफल मात्र होइन, स्थानीय तवरमा नै छोटा चलचित्रहरू बनाउनेछ र त्यहीँ ती सिनेमाहरू हेरेर पुरस्कृत पनि गर्ने भएको छ । ‘व्यावहारिक रूपमा नै हामी परिपक्व हुने समय आइसकेको छ,’ पाठकनले भने ।