म्याराडोनाको सम्झनामा विमान सार्वजनिक

म्याराडोनाको सम्झनामा विमान सार्वजनिक


अर्जेन्टिनाका सर्वकालिन महान् खेलाडी डिएगो म्याराडोनाको स्मृतिमा एक विमान अनावरण गरिएको छ । यसै वर्ष कतारमा हुने विश्वकपअघि अर्जेन्टिनाको एक कम्पनीले म्याराडोनाको सम्झनामा हवाइजहाज सार्वजनिक गरेको हो ।

ट्यांगो डी१०एस बाह्रसिटे जहाजलाई अर्जेन्टाइन फिनटेक कम्पनीले पूर्व विश्वकप विजेता म्याराडोनाको स्मृतिमा विमान संग्रहालय बनाएको हो । सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाएका म्याराडोनाको सन् २०२० को नोभेम्बरमा ह्रदयघातका कारण निधन भएको थियो ।

ट्यांगो डी१०एसमा म्याराडोनाको संग्राहलय बनाइएको छ । जसमा म्याराडोनसँग सम्बन्धित बस्तुहरू राखिएको छ । विमानको बाहिरी आवरणमा म्याराडोनाले विश्वकपको उपाधि चुमिरहेको तस्बिर राखिएको छ । विमानको पछाडिको भागमा पनि म्याराडोनाको अनुहार छ ।

यस्तै, विमानको दुई पङ्खामा म्याराडोनाले सन् १९८६ को विश्वकपको क्वार्टरफाइनलमा इङ्ल्यान्डविरुद्ध गरेका दुई गोल ‘ह्यान्ड अफ गड’ र ‘गोल अफ दी सेन्चुरी’ गर्दाको तस्बिर राखिएको छ ।