आजको पञ्चाङ्ग एवम् राशिफल (२३ जेठ २०७९ सोमबार, ६ जुन २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (२३ जेठ २०७९ सोमबार, ६ जुन २०२२)


■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ ग्रीष्म ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७९ ज्येष्ठ २३ गते सोमबार तद्अनुसार सन् २०२२ जुन ६ तारिख ज्येष्ठ शुक्लपक्षको सप्तमी तिथि मघा नक्षत्र हर्षण योग गर करण आनन्दादिमा ध्वाँक्ष योग चन्द्रमा राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त साँझ १८ः५६ मा हुनेछ ।

आजको राशिफल

मेष – पुराना सहयोगीले धोका दिन सक्छन् । तपाईंको कमी–कमजोरीप्रति आफन्तजनले टिप्पणी वा गुनासो गर्लान् । हातबाट अवसर गुम्न सक्छ, ध्यान दिएर काम गर्नुहोला । मेहनत गर्दा अवसर भने पाइनेछ । सत्कार्यमा जुट्नाले फाइदै होला । सन्तानको सुख प्राप्त हुनेछ । आशा उत्साह बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – समस्याको समाधान प्राप्त हुने र सफलता प्राप्त हुने दिन छ । आशा उत्साह थपिनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ । नयाँ काममा हात हाल्ने समय आएको छ । मान र विद्या प्राप्त हुने समय छ । टाढाको यात्रा पनि हुन सक्छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । आरोग्यता बढ्ला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । साहससम्बन्धित काम बन्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – साथीभाइबाट लाभ हुने दिन छ । आशा उत्साह बढ्नेछ । आरोग्य वृद्धि हुनेछ । उच्च महत्वाकांक्षाले गर्दा सोचेको काम पूर्ण रुपमा सम्पादन हुनेछन । तपाइको आज खर्च लागे पनि चिताएको काम बन्नेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । अरुले झमेला निम्त्याए पनि हिम्मतले काम बनाउन सकिनेछ ।

कर्कट – आरोग्यता वृद्धि भए पनि आर्थिक अभावले सताउने योग छ । तर पनि विपरीत लिंगी वा केही हितैसी मित्रहरूले साथ दिनेछन् । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । अस्वस्थताका बीच कामको बोझ बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुने योग भए पनि आज कसैबाट धोका हुन सक्छ । खानपानमा पनि एकदमै सजक रहनुहोला । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । तथापि, विशेष उपहारका साथ प्रेमको प्रस्ताव पनि प्राप्त हुन सक्छ । आफ्नै कमजोरीले ढिलासुस्ती हुने देखिन्छ । यात्रामा सफलता प्राप्त हुनेछ । खेलकुद भ्रमण आदिमा आकर्षण बढ्नेछ ।

कन्या – मनोकूलको काम बन्नेछ । नयाँ काममा हात हाल्ने समय आएको छ । भोगविलासमा मन रमाउनेछ । कृषि व्यवसाय तथा पशुधनबाट विशेष फाइदा हुने दिन छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । व्यस्तता बढ्नेछ । प्रयासरत काममा सफलता प्राप्त हुनेछ । साझेदारीको काम बन्नेछ । सुख बढ्नेछ ।

तुला – आज कर्मबल बढ्नेछ । आर्थिक प्रगति होला र मनमा सन्तुष्टि पनि मिल्नेछ । मान सम्मान बढ्ला । मिठो भोजन खान पाउनु हुनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । परिवारिक भेटघाटले मनमा आनन्द मिल्नेछ । दिन सामान्य नै रहेको छ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – समय मिश्रित फलदायक रहला । विवादमा नपर्नु हितकर होला । विशेष अवसर प्राप्त भए पनि इर्ष्या गर्नेहरूले दुःख दिनेछन् । आफ्नाबाटै धोका पाइनेछ । अनायसै खर्च पनि हुन सक्छ । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहनेछ । भोग विलासमा आकर्षण बढ्नेछ ।

धनु – साझेदारीको काम बने पनि आम्दानीभन्दा खर्च बढी हुने दिन छ । भागदौड वृद्धि हुनेछ । लामो समयदेखि गरिएको लगानी र श्रमबाट कम मात्र प्रतिफल पाइएला । मिष्ठान्न भोजन प्राप्त हुने दिन रहेको छ । नजिकका साथीभाइ आज टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध गाँसिने छ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । आज अरुको भर नपर्नु नै हीतकर रहला ।

मकर – आज मित्रजनसँग वैरभाव बढ्न सक्ने देखिन्छ, सचेत रहनुहोला । ब्यापारबाट भने फाइदै हुने दिन रहेको छ । विगतका कमजोरी सच्याउने मौका मिल्नेछ । विशिष्ट व्यक्तित्वको सहयोगले विशेष अवसर पाइनेछ । काम र पदको आशा देखाउनेहरूले फसाउन सक्छन् । प्रेम/रसरागमा सफलता मिल्नेछ । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु हितकर रहनेछ ।

कुम्भ – देखापरेको समस्याको समाधान मिल्नेछ । शुभ समाचार प्राप्त होला । आर्थिक अभावको अनुभूति होला । अधैर्यपना बढ्नुका साथै काम नबन्ने डरले सताउन सक्छ । कीर्तिमानी काम गर्दै धेरैलाई प्रभावित बनाउन सकिनेछ । बोली र व्यक्तित्वको प्रभाव भने बढ्नेछ । यात्रापरक काममा सफलता प्राप्त हुनेछ । व्यस्त रहनुहुनेछ ।

मीन – आज स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ । जिम्मेवारीका काम समयमा सम्पादन गर्न नसकिएला । सोचेको काम समयमा नबन्नाले दुःख पाइनेछ । भोजभतेरको निम्तो आए पनि नियमित कामकै चिन्ताले सताउन सक्छ । यसका बाबजुद रसरागमा रुचि बढ्नेछ । सुखको वस्तुको लागि धन खर्च गर्नुहुनेछ । पराक्रम बढ्नेछ ।