फर्पिङको जङ्गलमा युवा जोडी मृत फेला

फर्पिङको जङ्गलमा युवा जोडी मृत फेला


काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित फर्पिङको जङ्गलमा दुई जना मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेश मैनालीका अनुसार एक जोडी युवायुवती मृतावस्थामा फेला परेका हुन् ।

मृतावस्थामा भेटिएका व्यक्ति अन्दाजी २२/२३ वर्षका छन् ।

मृतावस्थामा भेटिएका ती व्यक्तिको सनाखत हुन नसकेको र मृत्युका कारण पनि नखुलेको प्रवक्ता मैनालीको भनाइ छ । घटनास्थलमा अहिले प्रहरीको टोली पुगेको छ ।