फोहोरबाट संक्रमणको जोखिम : ‘अनावश्यक रूपमा हिँडडुल नगर्न कूटनीतिक नियोगको सर्कुलर’ !

फोहोरबाट संक्रमणको जोखिम : ‘अनावश्यक रूपमा हिँडडुल नगर्न कूटनीतिक नियोगको सर्कुलर’ !


file photo

काठमाडौंमा रहेका कूटनीति नियोगले काठमाडौंका शहरमा थुप्रिएका फोहोरबाट संक्रमणको जोखिम देखिएको भन्दै अनावश्यक हिँडडुल नगर्ने आन्तरिक सर्कुलर जारी गरेको छ ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै एमाले सांसद कृष्णगोपाल श्रेष्ठले काठमाडौंका शहरमा थुप्रिएका फोहोरबाट सम्भावित संक्रमणको जोखिमबाट जोगिन अनावश्यक हिँडडुल नगर्न आन्तरिक सर्कुलर जारी गरेको जानकारी दिए ।

यसले नेपालको छविमा आँच आएको र फोहोर व्यवस्थापन गर्न सरकार मौन बसेको भन्दै उनले अब काठमाडौंवासी चुप लागेर नबस्ने चेतावनी दिए ।

निर्वाचनको अवधिभर धर्य गरेका काठमाडौंवासी सहर नै दुर्गन्ध हुने गरी फोहोर थुप्रिँदासमेत सरकार मौन बसेको भन्दै आक्रोश व्यक्त गरे ।