आजको पञ्चाङ्ग एवम् राशिफल (२८ जेठ २०७९ शनिबार, ११ जुन २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (२८ जेठ २०७९ शनिबार, ११ जुन २०२२)


■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ नलनामक संवत्सर ग्रीष्म ऋतु वि.सं. २०७९ ज्येष्ठ २८ गते तद्अनुसार सन् २०२२ जुन ११ तारिख शनिबार ज्येष्ठ शुक्लपक्षको द्वादशी तिथि स्वाती नक्षत्र परिघ योग बब करण आनन्दादिमा सिद्धि योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः९ मा भयो र सूर्यास्त साँझ १८ः५८ बजे हुनेछ ।

आजको राशिफल

मेष – आज विभिन्न अवसरले पछ्याउने योग छ । सहयोगीहरूको साथ पाइनाले अप्ठ्यारा कामहरु पनि सजिलै पूरा हुनेछन् । व्यापार(व्यवसायमा फाइदा होला । काम गरेर अरूलाई आकर्षित गर्न सकिनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । आशा उत्साह बढ्नेछ । मान र मित्रभाव वृद्धि होला ।

वृष – समय मिश्रित खालको छ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला । आफ्नै बोलीका कारण विवादमा परिनुका साथै सहयोगीहरू प्रतिस्पर्धीका रूपमा उभिन सक्छन् । बोली–व्यवहारमा संयमता अपनाउनुहोला । रसरागमा आकर्षण बढ्नेछ । आर्थिक कार्यमा सफलता मिल्नेछ । व्यस्तता बढ्नेछ । परिवारिक सुख बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – बौद्धिक र रचनात्मक काममा सफलता मिले पनि नजिकका साथीभाइ टाढिन सक्छन, आँटेका काम बिस्तारै भए पनि सम्पन्न हुनेछन् । आफन्तहरू टाढिनेछन् भने सहयोगीहरूले समेत साथ छाड्ने देखिन्छ । पहिलेका कमजोरीलाई सुधार गर्न सकिनेछ । समस्याको समाधान प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कर्कट – व्यस्तता बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । खर्च भए पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। मान सम्मान र प्रतिष्ठा कमाउने बेला छ । राजनीति र नोकरीमा पनि प्रसिद्धि बढने समय छ ।आम्दानी बढ्ने समय छ । मनोरञ्जनपूर्ण क्रियाकलापमा सहभागी हुन पाइएला । पारिवारिक सुख मिल्नुका साथै उन्नति पदोन्नति पनि हुनेछ ।

सिंह – पराक्रम वृद्धि हुनेछ । आशा उत्साह बढ्नेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । दिगो फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । साथै रोकिएका काम बन्नेछन् । काम बने पनि बोझ र जिम्मेवारी थपिन सक्छ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख शांति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।

कन्या – आजको दिन स्वास्थ्यमा विशेष ध्यान राख्नुहोला । मिठो भोजन प्राप्त हुनेछ । मौसमी रुघाखोकी, टाउको तथा आँखासम्बन्धी समस्याले सताउन सक्छ । सावधान रहनुहोला । स्वास्थ्य कमजोर रहे पनि काममा परिस्थितिले साथ दिनेछ । आँट उत्साह बढ्नेछ । समस्याको समाधान मिल्नेछ । सहयोगीजनहरूको साथ प्राप्त हुनेछ ।

तुला – आर्थिक कार्यमा ध्यान केन्द्रित गर्नु बेस होला । रसरागमा रुचि बढ्नेछ । व्यवसायबाट राम्रो फाइदा हुनेछ । आँटेका काम पूरा हुनेछन । टाढाका शुभचिन्तकहरूले साथ दिनेछन् । कामको सन्दर्भमा उच्च व्यक्तिहरूसँग भेटघाट हुनेछ । काममा अलि प्रतिस्पर्धा गर्नुपर्ला । केही चुनौतीसमेत देखापर्नेछन् । स्वास्थयमा सुधार होला । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – दौडधुप बढे पनि सहयोगीहरूले साथ र हौसला दिनेछन् । प्रतिस्पर्धीहरूलाई उछिन्न सकिनेछ । समय लाभदायक देखिन्छ । व्यावसायिक काममा प्रशस्त फाइदा हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । साहसिक काम बन्नेछ । वार्तामा सफलता प्राप्त होला । आफन्तको सहयोग मिल्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – सुख सफलता बढ्नेछ । रोकिएको काम बन्नुसँगै उधारो लगाइएको धन पनि उठ्ला । व्यवसायमा विशेष लाभ लिने समय छ । व्यवसायबाट सोचेको लाभ मिल्नेछ । अरूको मन जितेर अवसर हात पार्न सकिनेछ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । मिठो भोजन खान पाउनु हुनेछ । सन्तानसुख बढ्ला ।

मकर – ऋण, रोग र शत्रुलाई जित्ने सामर्थ्य बढे पनि काममा बाधा पुग्नेछ । घरायसी समस्याले पनि सताउने छ । आकस्मिक खर्च बढ्नेछ । अर्थ अभावले बन्न लागेको काम स्थगित हुने देखिन्छ । झमेला, विवाद र चोटपटकको योग छ । आर्थिक अभावले सताउनेछ भने कामको चाप पनि बढ्ने देखिन्छ । दायित्वलाई पूरा गर्नुहुनेछ । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित नहोला ।

कुम्भ – आँटेका काम पूरा गर्न मुस्किल देखिन्छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन्, भोतिक साधनको क्षति हुने समय छ । पठनपाठनमा त्यत्ति ध्यान दिन नसकिएला । काममा समेत केही चुनौती देखा पर्नेछन् । सन्तानबाट सुख मिल्नेछ । लगानी उठ्ला । साझेदारीको काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मीन – आफन्तको साथ मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । रोकिएका काम बन्नेछन् भने दिगो आम्दानी हुने काम सुरु गर्न सकिनेछ । यात्राको योग छ । श्रमको उचित मूल्य प्राप्त गर्न सकिनेछ । लगनशीलताले काममा उत्साह जगाउनेछ । व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका आउला । साझेदारीको काम बन्नेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्ला । जोखिममा नपर्नु नै बेस होला ।