उपसचिव पदमा सिफारिस भएका उम्मेदवारलाई चैतन्य एकेडेमीको बधाई तथा शुभकामना

उपसचिव पदमा सिफारिस भएका उम्मेदवारलाई चैतन्य एकेडेमीको बधाई तथा शुभकामना


चैतन्य एकेडेमीले लोकसेवा आयोगको आन्तरिक प्रतिस्पर्धाबाट उपसचिव पदमा सिफारिस भएका उम्मेदवारलाई बधाई तथा शुभकामना प्रदान गरेको छ ।

एकेडेमीको कार्यालय नयाँबानेश्वरमा आयोजित एक समारोहबीच उनीहरूलाई शुक्रबार बधाई तथा शुभकामना प्रदान गरिएको हो । लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनाली, पूर्वसचिव गोपीनाथ मैनाली र एकेडेमीका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद जोशीले ढाकाटोपी, खादामाला र टीका लगाएर बधाई ज्ञापन गरेका हुन् ।

चैतन्यले सहसचिव र उपसचिवमा नाम निकाल्न सफल उम्मेदवारहरूलाई यसअघि पनि सम्मान गर्दै आएको थियो । आन्तरिक र खुल्ला प्रतिस्पर्धाबाट सहसचिव, उपसचिवमा नाम निकाल्न सफल उम्मेदवारहरूलाई बधाई ज्ञापन गरिएको यो चैतन्यको २८औं श्रृंखला भएको चैतन्यका कार्यकारी अधिकृत जोशीले बताए । उनले विभिन्न सेवा समूहबाट सहसचिव र उपसचिवमा नाम निकाल्न सफल उम्मेदवारहरूलाई आफूहरूले बधाई ज्ञापन गर्दै आएको जानकारी दिए ।

सहसचिव, उपसचिव, शाखाअधिकृत, स्वास्थ्य सेवा, शिक्षक सेवा, प्रहरी सेवा, बैंकिङलगायत विभिन्न क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गर्दै आएको बताउँदै सहभागी उपसचिवहरूले चैतन्यको उक्त कार्यको प्रशंसा गरेका थिए । उनीहरूले चैतन्यले व्यावसायिक मात्र नभई सामाजिक उत्तरदायित्व बहन गर्ने क्षेत्रमा समेत काम गर्दै आएको भन्दै तारिफ गरेका हुन् । चैतन्यको उत्कृष्ट व्यवस्थापन र उत्कृष्ट गुणस्तरले नै उत्कृष्ट नतिजा दिन सफल भएको उनीहरूको भनाइ थियो ।

‘तयारी कक्षामा हामीले केवल परीक्षामा लेखिने प्रश्नको उत्तर मात्र नभई सार्वजनिक प्रशासनका बहुआयामीक पक्षहरूलाई स्थानीयदेखि विश्वव्यापीकरण भएका सैद्धान्तिक र व्यावहारिक पक्षहरू बुझ्ने अवसर प्राप्त गरेका छौँ । चैतन्यले कक्षा सञ्चालन गर्दा यी विभिन्न पक्षमा ध्यान दिने गरेको छ’, कार्यक्रमका एक सहभागीले भने ।

चैतन्य एकेडेमीले लोकसेवा आयोग तयारी कक्षाका साथै विभिन्न पेसामा संलग्न व्यक्तिहरूको पेसागत क्षमता अभिवृद्धि नीति निर्माण संगठनात्मक विकासका क्षेत्रमा विगत दश वर्षदेखि काम गर्दै आइरहेको छ ।

आयोगका पूर्व अध्यक्ष मैनालीले देशको सार्वजनिक प्रशासनको भावी पुस्तालाई नैतिकवान्, चरित्रवान् र उच्च जिम्मेवारसहित देशको सार्वजनिक प्रशासनको छविलाई उचाइमा पुर्‍याउने काममा सक्रिय रहन सुझाव दिएका थिए । उनले आफ्ना प्रशासनका राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभव पनि साटेका थिए ।

यस्तै पूर्वसचिव मैनानीले उच्च मर्यादा र नैतिकतामा रहेर सेवा प्रवाह गर्न सुझाव दिएका थिए । चैतन्यले कोरोना महामारीपछि लोकसेवाको तयारी गरिरहेका उम्मेदवारहरूलाई मध्यनजर गर्दै प्रत्येक शनिबार निःशुल्क रूपमा कक्षाहरू सञ्चालन गर्दै आएको छ । असार ११ गते चैतन्यले निःशुल्क रूपमा १०१औं शनिवारिय श्रृंखला सञ्चालन गर्ने जोशीको भनाइ छ ।