एमाले सचिवालय बैठक ११ बजेदेखि, ७ वटा अजेन्डामा छलफल हुँदै

एमाले सचिवालय बैठक ११ बजेदेखि, ७ वटा अजेन्डामा छलफल हुँदै


नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक आज ११ बजे बस्ने भएको छ ।

केन्द्रिय कार्यालय च्यासलमा बस्ने उक्त बैठकले संघीय निर्वाचनको तयारीका साथै ७ वटा विषयमा छलफल गर्नेछ ।

आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापन, राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागहरूको काम व्यवस्थापनलगायतका सातवटा कार्यसूचीमा छलफल र निर्णय हुने प्रचारविभाग उपप्रुमख विष्णु रिजालले जानकारी दिए ।