ट्याक्टरको उद्धारमा गएको डोजर नै फसेपछि…

ट्याक्टरको उद्धारमा गएको डोजर नै फसेपछि…


  • हेमन्त केसी, सुर्खेत

जाजरकोट बारेकोट गाउँपालिका वडा नम्बर २ र ५ को बीचमा रहेको घाट बजारस्थित नलगाड नदीमा पुल नहुँदा नदीबाट ट्याक्टर तार्न खोज्दा नदीमै फसेको छ ।

सो ट्याक्टर निकाल्न आइतबार गएको डोजर समेत नदीमै फस्दा समस्या भएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए । लगातार पानी परिरहेकोले डोजर र ट्याक्टर निकाल्न समस्य भएको छ ।

नदीमा पानी कम भएको बेला यसरी ट्याक्टर वारपार गराउनु सामान्य जस्तै हो । तर, पानीको सतह बढेका कारण अहिले समस्या भएको हो ।