आजको पञ्चाङ्ग एवम् राशिफल (२० असार २०७९ सोमबार, ४ जुलाइ २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (२० असार २०७९ सोमबार, ४ जुलाइ २०२२)


■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ नलनामक संवत्सर ग्रीष्म ऋतु वि.सं. २०७९ आषाढ २० गते तद्अनुसार सन् २०२२ जुलाइ ४ तारिख सोमबार आषाढ शुक्ल पक्षको पञ्चमी तिथि १४ः४७ पर षष्ठी तिथि मघा नक्षत्र ६ः१५ पर पूर्वाफाल्गुणी सिद्ध योग कौलव करण आनन्दादिमा ध्वाँक्ष योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१४ मा भयो र सूर्यास्त साँझ १९ः०२ बजे हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन तपाईंको बर्चस्व बढ्नेछ । तपाईंले गरेको कामको कदर भइ प्रतिष्ठा बढ्ने छ, पढाइ तथा ब्यापारमा पनि प्रगति होला । प्रेममा सफलता प्राप्त हुनेछ । नयाँ सम्भावना देखापर्नेछ । दाजुभाइको सहयोग प्राप्त होला । पराक्रम वृद्धि हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ । आशा उत्साह बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

वृष – भागदौड बढे पनि पारिवारिक समस्याको समाधान मिल्नेछ । आज नयाँ काम र जिम्मेवारी हात पर्ला । प्राविधिक काममा सफलता प्राप्त हुनेछ । आत्मविश्वास जाग्नेछ । मान मिल्ला, ऐश्वर्य बढ्नेछ । मनोकूलको काममा सफलता प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । शारीरिक र आर्थिक कार्यमा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – शुभता वृद्धि हुनेछ । सुख आनन्द प्राप्त हुने र आरोग्यता बढ्नेछ । सृजनात्मक काममा सफलता पाइने छ, ब्यापारमा पनि फाइदा होला । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । समस्याको समाधान प्राप्त हुनेछ । हांसविलासमा आकर्षण बढ्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । समयबाट बढी भन्दा बढी फाइदा लिनु बेस हुनेछ ।

कर्कट – धन वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । तर, घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुन्छ । केही चुनौती सामना गर्नुपर्ने देखिन्छ । खेलकुद भ्रमणमा रुचि बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । पारिवारिक सुख मिल्नेछ ।

सिंह – आरोग्यता वृद्धि हुने र मिठो भोजन प्राप्त हुने योग छ । कर्ममा रुचि बढ्ला । उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा फाइदा होला । पढाइलेखाइमा प्रगति हुनेछ । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ, तर इष्टमित्रको साथ मिल्नेछ ।

कन्या – लगानी बढ्नेछ । धन मान महत्वमा कमी आउने छैन । समस्याको समाधान मिल्नेछ । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । ऋणसापटी लिनदिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । कार्यगति बढ्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – आयस्रोत वृद्धि हुनेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा आजको दिन बित्ने योग छ । टाढाको यात्राबाट केही धनको पनि आर्जन हुनेछ । शुभ र धनवर्द्धक काममा ध्यान केन्द्रित गर्नु बेस होला । रसरागमा रुचि बढ्नेछ । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – आजको दिन सोचेअनुरुप काम नहोला । कुनै नयाँ समाचारले खिन्नता बढ्न पनि सक्छ । स्वास्थ्यस्थितिमा भने अनुकूलता आउनेछ । काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ । वार्तामा सफलता प्राप्त होला । आफन्तको सहयोग रहला । खेलकूद तथा भ्रमणमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ कार्य बेस होला । ऋण रोग र शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – दिन मध्यम खालको छ । छरछिमेकमा केही असमझदारी बढ्ने योग छ, तर खास हानी पुग्दैन । यस हिसाबमा दिन ठिकै छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । रोकिएको काम बन्नुसँगै उधारो लगाइएको धन पनि उठ्ला । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । मित्रजनको साथ मिल्नेछ । सन्तानसुख बढ्ला । प्रेममा सफलता प्राप्त होला ।

मकर – आजको दिन नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नुहुनेछ । परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ तर, शारीरिक अस्वस्थताको सम्भावना छ। आम्दानीमा कमी आउने छैन र पनि निरर्थक र प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानीको सम्भावना छ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित नहोला ।

कुम्भ – कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । प्रयत्न गर्दा समयको सदुपयोग भइ धनलाभ होला । विपरितलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । रोकिएको काम बन्नेछ । आरोग्यता र ऐश्वर्य वृद्धि होला । साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मीन – लेखन प्रकाशनसित सम्बन्धित कामका साथै वार्तामा सफलता मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । तर, मान्यजन वा अभिभावकवर्ग रुष्ट हुन सक्छन्, सावधान रहनुहोला । व्यवसायमा धेरै लगानीपछि कम मात्र फाइदा हुनेछ । साझेदारीको काम बन्नेछ । समस्याको समाधान मिल्नेछ । जोखिममा नपर्नु नै बेस होला ।