आजको पञ्चाङ्ग एवम् राशिफल (२१ असार २०७९ मंगलबार, ५ जुलाई २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (२१ असार २०७९ मंगलबार, ५ जुलाई २०२२)


■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ ग्रीष्म ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७९ आषाढ २१ गते मंगलबार तद्अनुसार सन् २०२२ जुलाई ५ तारिख आषाढ शुक्ल पक्षको षष्ठी तिथि पूर्वाफाल्गुणी नक्षत्र ७ः२७ पर उत्तराफाल्गुणी नक्षत्र व्यतिपात योग गर करण आनन्दादिमा धूम्र योग चन्द्रमा सिंह राशिमा १३ः४० बजेसम्म त्यसपछि कन्या राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः१४ मा र सूर्यास्त साँझ १९ः०२ मा हुनेछ ।

आजको राशिफल

मेष – रसरागमा आकर्षण बढ्ने योग भए पनि आज जीवनसाथीसँग घरसल्लाह नमिल्न सक्छ । आर्थिक संकट पनि पर्न सक्छ । अनावश्यक रुपमा कसैसंग झैझगडा हुन सक्छ, साथै यात्रामा पनि सावधान रहनुहोला । लेनदेनको समस्याले सताउने र शत्रु बढ्ने सम्भावना रहेकोले विचार पुऱ्याउनुहोला । मित्रजनको भने साथ प्राप्त हुनेछ । विकासको नयाँ सम्भावना देखापर्ने छ । मान, सुख, समृद्धि बढ्नेछन् । कार्यमा सफलता प्राप्त हुनेछ । यश वर्चश्व वृद्धि हुनेछ ।

वृष – आजको दिन उत्साहपूर्ण छ । रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । मित्रले प्रशंसा गर्नेछन्, नसोचेको सम्मान मिल्ने दिन छ । पढाइमा सुधार आउने योग छ । कुरा काट्नेहरु प्रशंसक बन्ने छन् । प्रेमभाव बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ । आशा उत्साह थपिनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तान सुख मिल्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – मनमा प्रसन्नता मिल्ने दिन छ, आशा उत्साह बढ्नेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । आफन्तसँग भेटघाट होला । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । धन कमाउने अवसर मिल्नेछ । लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने मौका छ । कार्यक्षमता वृद्धि हुनेछ । सुख बढ्नेछ । आरोग्यता वृद्धि हुनेछ । कार्यगति वृद्धि हुनेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – धनबल बढ्नेछ । सहज प्रयत्नले लक्ष्यमा पुग्नु हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । ब्यापारिक कामकाजमा विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ । प्रेमसम्बन्ध र दाम्पत्य सुखको योग छ । स्वास्थ्यस्थितिमा सुधार आउने छ ।

सिंह – समय राम्रो भए पनि आज खर्च बढ्ने विवाद बढने तथा शत्रुले सताउने योग छ, सावधान रहनुहोला । यात्रामा सफलता प्राप्त हुनेछ । स्वास्थ्यमा अचानक गडबडी आउने तथा चोटपटकको भय पनि रहेकोले होस पुर्याउनु होला । हातहतियारको प्रयोग गर्दा सचेत रहनुहोला । निको भएको रोगले पुनः सताउन सक्छ ।

कन्या – आजको दिन परिवारसँग आत्मीयता बढ्नेछ । कसैबाट प्रेम प्रस्तावको पनि सम्भावना छ । गीतसंगीतमा मन जाला । विभिन्न अवसरले पछ्याउनेछन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । व्यस्तता बढ्नेछ । प्रयासरत काममा सफलता प्राप्त हुनेछ ।

तुला – आय बढ्नेछ । कमएबल वृद्धि हुनाले कार्यमा सफलता मिल्नेछ । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ । अरुको विश्वास जित्न सकिनेछ । धन मान पाउने योग छ, गरेको कामबाट फाइदा नै हुनेछ । व्यापारबाट राम्रै आम्दानी हुन सक्छ । नसोचेको काम बन्ने योग छ । आर्थिक प्रगति होला र मनमा सन्तुष्टि पनि मिल्नेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – समय शुभ फलदायक रहला । कर्ममा सफल सावित हुनुहुनेछ । आरोग्यता बढ्ला । मनमा रहेको डर हटेर काममा उत्साह बड्नेछ । अनुकूल यात्राको सम्भावना छ । पठनपाठन सामान्य रहला, फुर्सदिलो अनुभूति होला । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । ऋण रोग र शत्रुमाथि ध्यान राख्नुपर्नेछ । भाग्य वृद्धि हुनेछ ।

धनु – व्यस्तता बढ्नेछ । धेरै श्रमगरे पनि कामको कम मूल्याङ्कन हुनेछ । भएको आम्दानी र सञ्चित रकम पनि खर्च गर्नुपर्ला । हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस् । मान्यजनको सुझाव अप्रिय लाग्नेछ । आज आर्थिक संकट पनि आउन सक्छ । दैनिक काममा सफलता मिल्नेछ ।

मकर – शुभता वृद्धि हुनेछ । आशा उत्साह बढ्ला । खर्च बढ्ने र स्वास्थ्य कम्जोर भइ काममा अवरोध आउने सम्भावना पनि रहेकोले ध्यान राख्नुहोला । कुरा काटनेहरु बढ्नेछन सावधान रहनुहोला । नयाँ योजना बनाउन र दीर्घकालीन योजना बनाउन आजको दिन अनुकूल नहुन सक्छ । रसराग प्रेममा सफलता मिल्नेछ ।

कुम्भ – प्रयासरत काम बन्नेछ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । काम र व्यापारमा पनि फाइदा हुनेछ । सोच्ने शक्ति बढ्ने छ । कुरा काटनेहरु प्रशंसा गर्न थाल्ने छन्, अन्न तथा धनको पनि वृद्धि हुनेछ । दाम्पत्य सम्बन्ध सुखद रहनेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । नयाँ सम्भावना देखा पर्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।

मीन – नयाँ ठाउँमा लगानीको वातावरण बनी मन हर्षित हुने छ । परिश्रमले धेरै काम बन्नेछन् धन पनि मनग्य कमाउनु होला साथै भाग्य पनि बलियो छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । मनोकूलको काम बनेर मन प्रशन्न रहनेछ । शुभ काममा भाग लिनुहुनेछ । रसरागमा रुचि बढ्नेछ ।