आजको पञ्चाङ्ग एवम् राशिफल (२२ आषाढ २०७९ बुधबार, ६ जुलाई २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (२२ आषाढ २०७९ बुधबार, ६ जुलाई २०२२)


■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ नलनामक संवत्सर ग्रीष्म ऋतु वि.सं. २०७९ आषाढ २२ गते तद्अनुसार सन् २०२२ जुलाइ ६ तारिख बुधबार आषाढ शुक्ल पक्षको सप्तमी तिथि उत्तराफाल्गुणी नक्षत्र ८ः८ पर हस्ता नक्षत्र वरियान योग भद्रा करण आनन्दादिमा प्रवर्द्ध योग चन्द्रमा कन्या राशीमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१५ मा र सूर्यास्त साँझ १९ः०१ बजे हुनेछ ।

आजको राशिफल

मेष – नयाँ सम्भावना देखापर्नेछ । भातृ-सहयोग प्राप्त हुनेछ । सानातिना घरायसी काममा समय खर्च हुनेछ । आजको दिन यात्रामा सावधान रहनुहोला । बेकारको विवादमा फँस्न सकिन्छ, बोल्दा धैर्यका साथ बोलेको बेस हुनेछ । ब्यापारमा भने आज फाइदै होला । पेशागत रुपमा समस्या देखिन सक्छ । यसका बाबजुद पराक्रम वृद्धि हुनेछ । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

वृष – आजको दिन अरुबाट प्रशंसा प्राप्त हुँदा मन हर्षित हुनेछ । सामाजिक कामबाट स्याबासी प्राप्त हुनेछ भने आजको दिन प्रेमभाव बढ्नेछ । गलत लेनदेनमा समस्या आउन सक्ने हुँदा विशेष ध्यान राख्नुहोला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ । शुभ काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ । परिवारिक सुख बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – पराक्रम बढनुको साथै अधुरा काम बन्ने हुँदा मन हर्षित भएर आउनेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदै गर्ने देखिन्छ भने कृषि ब्यापारमा पनि नाफा होला । नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । आरोग्यता बढ्नेछ । मनोकूलको काममा सफलता मिल्नेछ । हांसविलासमा आकर्षण बढ्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । समयबाट बढी भन्दा बढी फाइदा उठाउने प्रयत्न गर्नुहोला ।

कर्कट – सामान्यतया दिन लाभप्रद नै रहेको छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । मित्रजनको सहयोग पनि प्राप्त होला । अल्झेका कामहरु अरुको सहयोगमा बन्ने छन् । रसरागमा आकर्षण बढ्नेछ । मान, सुख र समृद्धि बढ्नेछन् । मिठो भोजन प्राप्त हुनेछ । पारिवारिक सुख मिल्नुका साथै उन्नति-पदोन्नति हुनेछ ।

सिंह – आजको दिन विशेष सजगता अपनाउनुपर्ने देखिन्छ । खर्च बढ्ने, गलत विचारले मनमा घर गर्ने, विवाद बढ्ने र काममा अवरोध आउनाले धनको नाश हुन सक्छ । स्वास्थ्यका लागि खानामा ध्यान पुऱ्याउनुहोला । पीडा दिनेहरु सक्रिय रहलान् । व्यर्थको खर्च हुनेछ खर्च घटाउने प्रयास गर्नु होला । हाकिमको साथ मिल्नेछ । आरोग्यता वृद्धि होला । मित्रजनको साथ मिल्नेछ । पारिवारिक सुखशान्ति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।

कन्या – अधुरा काम बन्ने र आरोग्यता बढ्नेछ । आफन्तहरुको उचित सहयोग मिल्नेछ भने बुद्धिको तारिफ ठूला व्यक्ति बाट हुनेछ । नयां कामको थालनी हुने दिन छ । रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ । कार्यगति बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

तुला – फलदायी कामका लागि दौडधुप वृद्धि हनेछ । अर्थलाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ, सामाजिक प्रतिष्ठा पनि बढ्नेछ । आफुले सोचेभन्दा बढी नै लाभ हुन सक्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । शुभ र धनवर्द्धक काममा ध्यान केन्द्रित गर्नु बेस होला । रसरागमा रुचि बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – आयबल बढ्नेछ । साहसिक काम बन्नेछ । कामहरू सजिलै बन्नेछन् । रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी र आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिएला । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । वार्तामा सफलता प्राप्त होला । आफन्तको सहयोग मिल्नेछ । ऋण रोग र शत्रुलाई जीत्ने क्षमतामा वृद्धि हुनेछ । योजना र बजेट बनाइ कार्य बेस होला ।

धनु – आजको दिन त्यत्ति शुभदायी नहोला । धन नाश हुने दिन छ विचार गर्नुहोला । घरेलु समस्याले सताउन सक्छ । मित्र बनेर धोकादिनेहरु भेटिएलान् । अर्थको पनि हानी हुने दिन छ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नोकरि तथा राजनितीमा मान सम्मान पाउने योग छ । अरुको मन जित्न सकिनेछ । नसोचेको धन लाभ हुन सक्छ । तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ । काममा कठिनाइ सहनुपर्ला । नियमकानूनले भने साथ दिनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । मनोकूलको काममा सफलता मिल्नेछ ।

कुम्भ – जोखिममा नपर्नु हितकर हुनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।रोकिएका काम सजिलै सम्पन्न हुनेछन् ।आर्थिक पक्ष आज सन्तोषजनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । काम बन्नाले सुखको अनुभव हुन्छ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । सन्तानबाट सुख मिल्नेछ । लगानी उठ्ला । रोकिएको काम बन्नेछ । आरोग्यता र ऐश्वर्य वृद्धि होला । स

मीन – दामपत्यसुख बढ्नेछ भने आफन्तको साथ मिल्नेछ । साथीभाइले पनि राम्रै सहयोग गर्लान् तर आफन्तको सहयोगचाहिँ नपाइएला । व्यापारमा पाउने सफलता यथावत रहने छ, साथीभाइसंग भेटघाट पनि होला । नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ । आर्थिक लाभ पनि होला । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । साझेदारीको काम बन्नेछ । सुख सुविधाको वस्तु बढ्नेछन् । सुख विलास पनि बढ्नेछ । समस्याको समाधान मिल्नेछ । ऋण रोग र शत्रुलाई जीत्ने सामर्थ्य बढ्ला ।