आजको पञ्चाङ्ग एवम् राशिफल (२३ असार २०७९ बिहीबार, ७ जुलाई २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (२३ असार २०७९ बिहीबार, ७ जुलाई २०२२)


■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ ग्रीष्म ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७९ आषाढ २३ गते बिहीबार तद्अनुसार सन् २०२२ जुलाइ ७ तारिख आषाढ शुक्ल पक्षको अष्टमी तिथि हस्ता नक्षत्र ८ः२० पर चित्रा नक्षत्र परिघ योग बालव करण आनन्दादिमा राक्षस योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः१५ मा भयो र सूर्यास्त साँझ १९ः०१ मा हुनेछ ।

आजको राशिफल

मेष – आरोग्यता र धन बढ्ने शुभकारी दिन छ । आज कुनै नयाँ कामको थालनी गर्नु भए राम्रो हुन्छ । कामहरु सजिलै बन्नेछन् । इच्छाशक्ति पनि बढ्नेछ, पढाइमा पनि केहि वृद्धि हुने देखिन्छ । विपरित लिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ भने रसरागमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । मित्रजनको साथ प्राप्त हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – प्रेमभाव बढ्ने र समस्याको समाधान प्राप्त हुने योग भए पनि समय खासै राम्रो छैन, होस पुऱ्याउनुहोला । कुसैसंग झगडा पनि हुन सक्छ, वादविवादको सामना गर्नु पर्ला । पेशागत रुपमा समस्या देखिन सक्छ, घरपरिवारमा केही मनमुटाव पनि होला । यसका बाबजुद इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – व्यस्तता बढ्नेछ । सामाजिक काममा नाम रहने छ, ब्यापार तथा जागिरमा दिन ठिकै छ । नयाँ कामको सुरुवात आज खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ, ब्यापारमा पनि घाटा सहनु पर्ला । मनमा दुबिधा रहन सक्ने दिन छ । बौद्धिक र रचनात्मक काममा भने सफलता मिल्नेछ । आरोग्यता वृद्धि हुनेछ ।

कर्कट – पराक्रम बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ । यात्राको पनि योग रहेको छ । चल-अचल सम्पत्तिको कारोवार हुनेछ । सहज प्रयत्नले लक्ष्यमा पुग्नुहुनेछ । रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – मान महत्व बढ्ने खालको दिन छ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन्, मन त्यसै शान्त हुनेछ । व्यापारिक वा दैनिक काम सन्तोषजनक नै सम्पन्न हुनेछन् । परोपकारकारका क्षेत्रमा मन आकर्षित हुनेछ । आरोग्य बढ्नेछ ।

कन्या – आजको दिन स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला, साथै परिवारमा पनि समस्या आउनेछ । ग्रहले समय राम्रो देखाए पनि आज खर्च र विवाद बढ्ने तथा शत्रुले सताउने योग छ, सजक रहनुहोला । प्रयासरत काममा सफलता प्राप्त हुनेछ । साझेदारीको काम पनि बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

तुला – लगानी बढ्नेछ । धनलाभको योग छ । पढाइमा प्रगति होला, साथै दिन खुशी साथ बित्नेछ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । प्रयत्न गरेका काम ढिलै भए पनि सफल हुनेछ, दिन रमाइलै छ । कर्मबल बढ्नेछ । आर्थिक प्रगति होला र मनमा सन्तुष्टि पनि मिल्नेछ । मान सम्मानमा निरन्तर वृद्धि भइरहनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – कर्ममा सफल सावित हुनुहुनेछ । आरोग्यता बढ्ला । आयआर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । आज तपाइको धनलाभको योग छ, नयाँ साथीसंग चिनजान हुने र रमाइलो यात्राको पनि योग रहेको छ । कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ । ऋण रोग र शत्रुमाथि ध्यान राख्नुपर्नेछ ।

धनु – व्यस्तता बढ्नेछ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । रमणीय र सुखद यात्राको योग छ । नयाँकाम पाउने र धन मनग्य कमाउने अवसर मिल्नेछ । धनको आगमन भैरहनेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । दैनिक काममा सफलता मिल्नेछ ।

मकर – आजको दिन स्वास्थ्यप्रति सजक रहनुपर्ला । अरूको भर पर्दा काममा धोका हुन सक्छ, टाढाको यात्रा आज नगर्नुहोला । व्यर्थको खर्च होला । स्वास्थ्यमा गडबडीको सम्भावना छ, खानामा एकदमै सजक रहनु होला । रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु हितकर रहनेछ ।

कुम्भ – प्रयासरत काम बन्नेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । तर ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । साथै मनमा केहि दुविधा पनि रहला । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । आरोग्यता वृद्धि होला । यात्रापरक काममा सफलता प्राप्त हुनेछ ।

मीन – आरोग्यता बढ्ला । मनोकूलको काम बनेर मन प्रशन्न रहने छ । सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला । खर्च भन्दा कमाई नै बढी हुनेछ । धन आर्जनका नयाँ बाटा खुल्नेछन्, बैदेशिक क्षेत्रको लगानी फाइदै होला । कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । शुभ काममा भाग लिनुहुनेछ । रसरागमा रुचि बढ्नेछ । आँट पराक्रम बढ्नेछ ।