फौजदारी कसुर तथा फौजदारी विधेयक पारित

फौजदारी कसुर तथा फौजदारी विधेयक पारित


फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ पारित गरिएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकले फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ सर्वसम्मतले पारित गरेको हो ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले उक्त विधेयक पारित गरियोस् भनि प्रस्ताव गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत उक्त प्रस्तावलाई बैठकले सर्वसम्मतले पारित गरेको जानकारी दिए ।

निर्णयार्थ प्रस्तुत गरिनुअघि बैठकमा सो विधेयकमाथि छलफल भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक २४ असार दिउँसो २ बजे बस्ने जनाइएकाृ छ ।