आजको पञ्चाङ्ग एवम् राशिफल (२४ असार २०७९ शुक्रबार, ८ जुलाई २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (२४ असार २०७९ शुक्रबार, ८ जुलाई २०२२)


■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ ग्रीष्म ऋतु वि.सं. २०७९ आषाढ २४ गते शुक्रबार तद्अनुसार सन् २०२२ जुलाइ ८ तारिख आषाढ शुक्ल पक्षको नवमी तिथि चित्रा नक्षत्र ८ः५ पर स्वाती नक्षत्र शिव योग १ः३० पर सिद्धि योग तैतिल करण आनन्दादिमा मुशल योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाण्डौमा सूर्योदय बिहान ५ः१६ बजे र सूर्यास्त साँझ १९ः०१ बजे हुनेछ ।

आजको राशिफल

मेष – दाम्पत्यसुख प्राप्त हुनेछ, प्रेमभाव बढ्नेछ । साझेदारीको काम बन्नेछ । सन्तानको सुख प्राप्त हुनेछ । आफन्तसँग पनि भेटघाटको अवसर मिल्ने देखिन्छ । धर्मको पालना, मंगलमय कर्म सम्पादन र सामाजिक दायित्व वहनमा समय जानेछ । बौद्धिक पक्षमा लाभ मिल्नेछ । खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइएला । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुने भए पनि धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ । घरजग्गामा विवाद र आमाको स्वास्थ्यमा समस्या आउन सक्छि । विशेष सतर्क रहनुहोला । काममा अनायासै बाधा वा हस्तक्षेप हुने सम्भावना पनि देखिन्छ । आर्थिक अभावले समेत सताउन सक्छ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला ।

मिथुन – प्रेमभाव र आशा उत्साह बढ्नेछ । व्यवसायमा अनुकूल परिवर्तन होला । आज समाजसेवा र परोपकारका कार्य गरिनेछ । व्यापार व्यवसायमा पनि सामान्य प्रगति हुनेछ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्नेछ । रोकिएको काम बन्नेछ । रसरागमा रुचि बढ्नेछ । दायित्वलाई पूरा गर्नुहुनेछ ।

कर्कट – व्यस्ततासँगै आशा उत्साह बढ्नेछ । नसोचेको ठाउँबाट आर्थिक लाभ पनि होला । नयाँ उद्योगधन्दाको थालनी गर्न सकिनेछ । विद्यार्थीहरूको लागि विशेष प्रगति हुने दिन रहेको छ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्ने देखिन्छ । जीवनसाथीलाई पनि केही पीडा हुने दिन रहेको छ । यात्रामा सफलता प्राप्त हुनेछ । मनोकूलको कर्ममा प्रवृत्ति बढ्ला ।

सिंह – आरोग्य वृद्धि हुनेछ भने आज व्यस्तता बढ्नेछ । सहयोगीको राम्रो साथ पाइनेछ । शिक्षा र साझेदारीमा फाइदा हुनेछ, घरमा सामान्य मनमुटाव होला । केही दण्डजरिवानाको पनि सम्भावना छ । महत्वपूर्ण वस्तु गुम्ने सम्भावना छ, सचेत रहनुहोला । शारीरिक र आर्थिक कार्यमा सफलता मिल्नेछ । ऋण रोग र शत्रुप्रति चाहिँ विजय प्राप्त हुनेछ ।

कन्या – आजको दिन त्यत्ति शुभकारी नहोला । आँटेको समयमा काम अवरुद्ध बन्न सक्छ । रोगको कारणले पैसा खर्च हुने दिन रहेको छ । अनावश्यक खर्च र ऋणभार बढ्ने देखिन्छ । नसा, जोर्नी वा घुँडासम्बन्धी समस्याले सताउन सक्छ । राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्न सक्छ । रसविलासमा रुचि बढ्नेछ । यात्रामा सफलता हासिल हुनेछ ।

तुला – आरोग्यबल र मान महत्व बढ्नेछ । यात्रा फलदायी बन्नेछ र काममा उत्साह जाग्नेछ । नोकरीमा पदोन्नति, व्यापार व्यवसायमा फाइदा हुनेछ । दाम्पत्य सम्बन्ध पनि सुमधुर रहला । मेहनत गर्दा राम्रै उपलब्धि हातलागी हुनेछ । नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ । स्वास्थ्यमा सुधार हुनेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । मनोकूलको काम बनेर मन प्रशन्न हुनेछ ।

वृश्चिक – व्यस्तता बढ्नेछ । प्रेमपथमा प्रगति होला । सन्तानबाट सुख मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछन् । दिन रमाइलै बित्ला । दाम्पत्यसम्बन्ध प्रगाढ हुनेछ । धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ । काममा सफलता पाउनुहुनेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ । शैक्षिक र रचनात्मक कार्यमा सफल रहनेछ । धैर्य र संयमले काम गरेमा सफलता मिल्नेछ ।

धनु – आयस्रोत वृद्धि हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुने योग भए पनि अपजशको सम्भावना छ, कसैको लहैलहैमा टाढाको यात्रा समेत हुन सक्छ । आफ्नै बलविवेकले कार्य गर्नु बेस रहला । देखिएको समस्याको समाधान गर्नुहुनेछ । शारीरिक र आर्थिक हीत हुने काममा लाग्नु हीतकर रहला ।

मकर – कर्मबल बढ्नेछ । ऋण रोग र शत्रुलाई जीत्ने सामर्थ्य बढ्नेछ । साझेदारी सम्बन्धमा समस्या आउने देखिन्छ होस पुऱ्याउनु होला । निजी व्यवसाय र कृषिकर्ममा परिश्रम र लगानीभन्दा न्यून उपलब्धि हासिल हुनेछ । विपरीत लिंगीहरूप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धन कसिन सक्छ । रसरागमा रुचि बढ्ला ।

कुम्भ – घरपरिवारको स्थिति अनुकूल रहनेछ । अनावश्यक खर्च, कर्जा र चोटपटकका लाग्न सक्छ सावधान रहनु होला । यदाकदा बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक अभावले सताउने योग छ । शुभचिन्तकहरूले साथ दिनाले चुनौतीहरू पन्छाएर परिस्थिति अनुकूल बनाउन सकिनेछ । स्वास्थ्यमा कब्जियतसम्बन्धी समस्याले सताउने देखिन्छ । आरोग्यप्रद काममा सफलता मिल्नेछ ।

मीन – समय मिश्रित फलदायक छ । प्रयासरत काममा सफलता मिल्नेछ । प्रयत्न गर्दा नयाँ नोकरी प्राप्त हुनेछ । नोकरीतर्फ हुनेहरूका लागि पदोन्नतिको समय छ केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुऱ्याउनेछ । स्थायी सम्पत्तिमा केही विवाद आउला । भोगविलासमा आकर्षण बढ्नेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ ।