प्रहरी प्रवक्तामा डिआइजी राई

प्रहरी प्रवक्तामा डिआइजी राई


नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईलाई दिइएको छ ।

राई हालैमात्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट डिआइजीमा पदोन्नति हुनुभएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार उनले बिहीबारदेखि नै प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालेका छन् ।

पदोन्नति हुनुअघि उनी बबरमहलस्थित प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो प्रमुखको जिम्मेवारीमा थिए । यसअघिका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीलाई भने अपराध अनुसन्धान विद्यालय महाराजगञ्जमा पठाइएको छ ।