आजको पञ्चाङ्ग एवम् राशिफल (२५ आषाढ २०७९ शनिबार, ९ जुलाई २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (२५ आषाढ २०७९ शनिबार, ९ जुलाई २०२२)


अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ नलनामक संवत्सर ग्रीष्म ऋतु वि.सं. २०७९ आषाढ २५ गते तद्अनुसार सन् २०२२ जुलाइ ९ तारिख शनिबार आषाढ शुक्ल पक्षको दशमी तिथि स्वाती नक्षत्र ७ः२५ पर विशाखा नक्षत्र साध्य योग वणि करण आनन्दादिमा सिद्धि योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१६ मा भयो र सूर्यास्त साँझ १९ः०१ बजे हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन सन्तोषप्रद रुपमा त्लिा । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । परिश्रम गर्दा अरुको विश्वास पनि जित्न सकिनेछ भने अधुरा काम बन्ने छन् । दाम्पत्य सुख वृद्धि तथा प्रेममा सफलता मिल्ला । काममा सफलता प्राप्त हुनेछ । दाजुभाइको सहयोग प्राप्त हुनेछ । पराक्रम वृद्धि होला । शत्रुमाथि विजय प्राप्त हुनेछ । रोकिएको काम बन्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

वृष – दिन शुभकारी छ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । प्रयास गर्दा प्रेममा सफलता पाउने र वैवाहिक बन्धनप्राप्तिको योग पनि छ । बोलीको प्रभाव बढ्नुका साथै मानसम्मान समेत पाइनेछ । आर्थिक समुन्नतिको योग छ । अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । मनोकूलको काममा सफलता प्राप्त होला । रसरागमा आकर्षण बढ्नेछ । उत्साह बढ्ने र आफन्तको साथ मिल्नेछ ।

मिथुन – बौद्धिक र रचनात्मक काममा सफलता मिल्ने योग रहे पनि आज गलत विचार बढ्ने र समयमा निर्णय नहुदा काममा अवरोध आउने जस्ता विपरीर परिस्थिति रहन सक्छ । खर्च बढ्ने, झमेलामा परिने र छिमेकीसँग विवाद बढ्ने सम्भावना छ, सजग रहनुहोला । खेलकुद तथा भ्रमणमा आकर्षण बढ्नेछ । हांसविलासमा रुचि रहला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – व्यस्तता बढ्ने र मनमा दुविधा रहन सक्छ । तथापि, सामाजिक काममा नाम रहने छ । व्यापारमा सफलताले मन रमाउनेछ । धन कमाउने अवसर मिल्नेछ । आँटेका काम पूरा भइ धनको लाभ हुन सक्छ । नयाँ सम्भावना देखापर्नेछ । रसरागमा आकर्षण बढ्नेछ । मान, सुख र समृद्धि बढ्नेछन् । पारिवारिक सुख मिल्नेछ ।

सिंह – आज बोलीको प्रभाव रहला । पराक्रम वृद्धि हुनेछ । आशा उत्साह बढ्नेछ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । दिन सुखमय बित्ने देखिन्छ । हाकिमको साथ मिल्नेछ । धनसम्पत्ति बढ्नेछ । इष्टमित्रको साथ मिल्नेछ । पारिवारिक सुख शांति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।

कन्या – दिन मनोरञ्जनपूर्ण रहला । नयाँ मित्रको आगमनले मन प्रसन्न हुनेछ । धनलाभ र अन्य विविध फाइदा पनि हुन सक्छ । पैतृक सम्पत्ति बढ्नेछ । मान महत्वमा कमी आउने छैन । समस्याको समाधान मिल्नेछ । कार्यगति बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – इष्टमित्र एवम् सन्तानको सुख प्राप्त होला । अनावश्यक झमेलामा परिएला । आज केही हानी पनि हुन सक्छ, सावधान रहनु होला । पारिवारिक समस्याले पिरोलेता पनि बिस्तारै समाधानतिर उन्मुख हुनेछ । रसरागमा रुचि बढ्नेछ । स्वास्थ्यप्रति विशेष सजगता अपनाउनु उत्तम होला । आयमा वृद्धि हुनेछ । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – व्यस्ता बढे पनि आजको दिन शुभकारी रहला । व्यस्तता बढ्ला । काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् । नयाँ काम पाउने योग छ । पढाइमा राम्रै उन्नति गरेर अगाढि बढ्न सकिने छ । सहासिक र कठिन काममा सक्रियता बढ्नेछ, पुराना साथिसंगी भेटघाट गर्ने अवसर जुट्ला । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । वार्तामा सफलता प्राप्त होला । मिठो भोजन मिल्नेछ । विजयश्री प्राप्त होला । ऋण, रोग र शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – आजको दिन आय वृद्धिको योग छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । आँटेका काम पूरा भइ धनको लाभ हुन सक्छ । विभिन्न भौतिक साधन जुटुनुका साथै व्यावसायमा राम्रो फाइदा उठाउन सकिनेछ । कार्यमा सफलता प्राप्त हुनेछ । रोकिएको काम बन्नुसँगै उधारो लगाइएको धन पनि उठ्ला । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ ।सन्तान सुख बढ्ला । प्रेममा सफलता प्राप्त होला ।

मकर – दिन मिश्रित फलदायी रहेको छ । रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ भने अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । ब्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन् । यात्रा पनि रमाइलो हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा फाइदाको योग छ । तथापि, घरेलु समस्याले सताउने हुँदा काममा अवरोध आउनेछ । नियमकानूनले साथ दिनेछ । मनोकूलको काममा सफलता मिल्नेछ र आयस्रोत पनि बढ्ला ।

कुम्भ – आज स्वास्थ्यमा ध्यान राख्नुपर्ला । अरूको भर पर्दा काममा धोका हुन सक्छ । समय त्यति राम्रो छैन, गलत विचार बढने छ । समयमा सहि निर्णय गन सकिँदैन । तथापि, सुखसुविधा र विलासिताका साथमा समय बित्नेछ । सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सन्तानको सुख मिल्नेछ । लगानी उठ्ला । रोकिएको काम बन्नेछ ।

मीन – व्यस्तता बढ्नेछ । बन्न लागेको काम बिग्रन सक्ने योग छ । घरेलु समस्याले सताउने हुँदा काममा अवरोध आउनेछ । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ । आफन्तको साथ मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ ।