यातायात कार्यालय जगातीबाट नसार्न माग

यातायात कार्यालय जगातीबाट नसार्न माग


भक्तपुरको जगातीवासीले यातायात व्यवस्थाको कार्यालय नसार्न माग गरेका छन् । कार्यालय सरेपछि स्थानीयले आइतबार पत्रकार सम्मेलन गरी यस्तो माग गरेका हुन् ।

कार्यालय प्रमुखको आर्थिक चलखेलका कारण कार्यालय सारेको उनीहरूको आरोप छ । भक्तपुरको जगातीस्थित यातायात व्यवस्था कार्यालय पीडितहरूले कार्यालय प्रमुख नेत्र भटराईले आर्थिक चलखेल गरी कार्यालय सारेको आरोप लगाए । पीडितकातर्फबाट लक्ष्मी कार्कीले आर्थिक चलखेलका कारणले कार्यालय सारेको दाबी गरे ।

कार्यालय अहिले अरनिको राजमार्गअन्तर्गत मध्यपुर थिमि भक्तपुरको राधेराधेबाट करिब पाँंच सय मिटरभित्र कालोपत्रे सडकसँंगै पुरानो घरमा सारेको छ । कार्यालय पाँच वर्षदेखि जगातीको राजु अवाको घरमा भाडामा थियो ।