आजको पञ्चाङ्ग एवम् राशिफल (२७ असार २०७९ सोमबार, ११ जुलाई २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (२७ असार २०७९ सोमबार, ११ जुलाई २०२२)


अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ नलनामक संवत्सर ग्रीष्म ऋतु वि.सं. २०७९ आषाढ २७ गते तद्अनुसार सन् २०२२ जुलाइ ११ तारिख सोमबार आषाढ शुक्ल पक्षको द्वादशी तिथि ७ः३९ पर चतुर्दशी तिथि ज्येष्ठा नक्षत्र शुक्ल योग कौलव करण आनन्दादिमा पद्म योग चन्द्रमा वृश्चिक राशीमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१७ मा भयो र सूर्यास्त साँझ १९ः०१ बजेमा हुनेछ । सोमप्रदोष ब्रत, तुलसीपिए, विश्व जनसङ्ख्या दिवस ।

आजको राशिफल

मेष – भागदौडमा वृद्धि हुनेछ । जोखिम मोल्नुपर्ने काममा अघि नसर्दा राम्रो होला । पैत्रिक सम्पतिको बाँडफाँडमा विवाद पर्न सक्छ । सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ । बिनाकारण आफन्तजनबाट टाढिनुपर्नेछ । मातापिताका बारेमा चिन्ता बढ्नेछ । विश्वासपात्रले धोका दिन सक्छन् । वैदेशिक रोजगारीमा केही समस्या आउने योग छ । शत्रुमाथि भने विजय प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ ।

वृष – पारिवारिक सुख बढ्नेछ । साझेदारीको काममा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने छ । सोचेभन्दा बढी नै लाभ हुने समय छ । साझेदारी काममा विशेष लाभ मिल्नेछ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । रोकिएका काम बन्नेछन् भने दिगो आम्दानी हुने काम सुरु गर्न सकिनेछ । ऐश्वर्य बढ्नेछ । यात्रापरक काम बन्नेछ । मनोकूलको काममा सफलता प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । परिवारिक सुख र उत्साह बढ्नेछ ।

मिथुन – आरोग्यता बढ्नेछ । मनोकूलको काममा सफलता मिल्नेछ । तपाईंका कमी– कमजोरीमाथि भने टिप्पणी हुन सक्छ, सचेत रहनुहोला । विगतको कामबाट चाहिँ लाभ हुनेछ । सामाजिक क्षेत्रमा अग्रसर हुने दिन छ, बाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । दाम्पत्य जीवन रमाइलो रहनेछ । आम्दानी बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । समयबाट बढीभन्दा बढी फाइदा लिनु बेस हुनेछ ।

कर्कट – प्रेमभाव बढ्नेछ । धन वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । कृषि तथा चौपायामा केही समस्या देखिएला । अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिने छ । मौकाको फाइदा उठाउन नसकिएला । व्यावसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । बोलीको गलत अर्थ लाग्नाले विवादमा परिएला । खेलकुद भ्रमणमा भने रुचि बढ्नेछ । पारिवारिक सुख मिल्नुका साथै उन्नति पदोन्नति पनि हुनेछ ।

सिंह – भागदौड वृद्धि हुनेछ । होश नपुग्नाले खर्च मात्र हुनेछ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । नजिकका साथीभाइ टाढिन सक्छन्, आँटेका काम बिस्तारै भए पनि सम्पन्न हुनेछन् । हाकिमको साथ मिल्नेछ । कर्ममा रुचि बढ्ला । पारिवारिक सुख शान्ति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।

कन्या – धन मान महत्वमा कमी आउने छैन । समस्याको समाधान मिल्नेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । अतिथिको सम्मान गर्ने अवसर पाइएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । कार्यगति बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ । प्रतिष्ठा कमाउने काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ । धन सम्पत्ति वृद्धि हुनेछ । सफलता प्राप्त हुनेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । रसरागमा रुचि बढ्नेछ । कार्यव्यपारमा सफलता प्राप्त होला । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – साहसिक काम बन्नेछ, तर बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ । सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान् । भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । स्वास्थ्य कमजोर रहनाले सोचेजति काम गर्न नसकिएला । जिम्मेवारी भने बढिरहनेछ । ऋण रोग र शत्रुलाई तित्ने क्षमता वृद्धि हुनेछ ।

धनु – सहयोगीहरूको साथ र सहयोग मिल्नेछ । धन आर्जन गर्ने मौका छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । लगानी वृद्धि हुनेछ । कार्यमा सफलता प्राप्त हुनेछ । रोकिएको काम बन्नुसँगै उधारो लगाइएको धन पनि उठ्ला । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । सन्तानसुख बढ्ला । प्रेममा सफलता प्राप्त होला ।

मकर – आयस्रोत बढ्नेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । पारिवारिक आवश्यकता पूर्ति होला, श्रमको उचित मूल्यांकन हुनेछ । शुभचिन्तकहरूको सुझावलाई वास्ता नगर्दा दुःख पाइनेछ । परिवारजनबाट टाढिनुपर्ला । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नुका साथै समस्या थपिन सक्छन् । नियमकानूनले चाहिँ साथ दिनेछ । भएको दायित्वलाई पूरा गर्नुहुनेछ

कुम्भ – काममा सफलता मिल्ने योग भए पनि प्रयत्न गर्दा पनि उपलब्धि हासिल गर्न गाह्रो पर्ने दिन छ। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । आफन्त र सन्तानको सुख मिल्नेछ । लगानी उठ्ला । यात्रामा सफलता प्राप्त होला ।

मीन – व्यस्तता बढ्नेछ । आफन्तको साथ मिले पनि व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । आँटेका काम मुस्किलले बन्नेछन् । तथापि, सोच्दै नसोचेको काम सम्पादन हुने समय छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । लेखन प्रकाशनसित सम्बन्धित काममा भने सफलता मिल्नेछ । रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्ला ।