आजको पञ्चाङ्ग एवम् राशिफल (२८ असार २०७९ मंगलबार, १२ जुलाई २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (२८ असार २०७९ मंगलबार, १२ जुलाई २०२२)


अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ ग्रीष्म ऋतु वि.सं. २०७९ आषाढ २८ गते मंगलबार तद्अनुसार सन् २०२२ जुलाइ १२ तारिख आषाढ शुक्ल पक्षको त्रयोदशी तिथि ५ः१९ पर चतुर्दशी तिथि मूल नक्षत्र ब्रम्हा योग गर करण आनन्दादिमा छत्र योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१७ बजे र सूर्यास्त साँझ १९ः०० बजे हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन धर्मकर्ममा रुचि बढ्नेछ । धन कमाउने अवसर मिल्नेछ । अरुको मन जित्न सजिलै सकिनेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । सन्तानको सुख प्राप्त हुनेछ । आरोग्य वृद्धि हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । मान पुरस्कार प्राप्त हुनेछ ।

वृष – आजको दिन तपाईंका कामको उच्च मूल्याङ्कन हुने योग छ । बोलीको कदर हुनेछ । कुनै विशेष खुशीको समाचार पनि सुन्न पाइएला । राम्रो कामको लागि काम गर्ने वातावरण मिल्ला । दीनदुःखीलाई दिएको सहयोगले रोकिएको काम बन्न सक्छ । जोखिममा नपर्नु हितकर हुनेछ । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ । आरोग्यता बढ्ला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । आशा उत्साह बढ्नेछ । रोकिएको काम बन्नुसँगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ ।

मिथुन – बिग्रिएका कामहरू आज बन्ने सङ्केत छ । पुराना इष्टमित्र र प्रेमीप्रेमिकाको मिलन हुने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । सफलता प्राप्त हुनेछ । रोकिएको काम बन्नेछ । भागदौडका साथै रसरागमा रुचि बढ्नेछ । कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ । दायित्व पूरा गर्नुहुनेछ । मिठो भोजन मिल्नेछ । सुख–सुविधाको बस्तु बढ्नेछ ।

कर्कट – साहस बढ्ने योग भए पनि आज बोलीको विपरीत अर्थ लाग्न सक्छ, बोलीलाई नियन्त्रणमा राख्नुहोला । व्यापारमा हानी व्यहोर्नुपर्छ र कर्मचारीमाथि पनि अपजश आइपर्न सक्छ । यात्रा घातक बन्न सक्छ । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । इष्टमित्रको भने साथ प्राप्त हुनेछ । प्रेममा सफलता प्राप्त हुनेछ ।

सिंह – मित्रजनबाट विश्वासघात हुन सक्छ । विश्वासघात हुने सम्भावना छ । पारिवारिक समस्याले मन खिन्न हुनेछ । अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि हुनेछैन । चोटपटकको भय पनि छ । माता पिताको स्वास्थ्यमा केहि कमजोरी आउने देखिन्छ । व्यस्तता बढ्नेछ । आफन्तसित भेटघाट हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कन्या – आजको दिन व्यस्तता वृद्धि हुनेछ । नसोचेका कामहरु बन्ने छन् । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । विपरीतलिङ्गीबाट सहयोग मिल्ला । धन आर्जन गर्ने मौका छ । साझेदारीको कार्य बन्नेछ । आरोग्यता अभिवृद्धि हुनेछ । हासविलासमा रुचि बढ्नेछ । ख्याति फैलिनेछ । आशा उत्साह थपिनेछ । यात्रामा सफलता हासिल हुनेछ ।

तुला – पराक्रम वृद्धि हुनेछ भने मान-महत्व बढ्नेछ । समय मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यावसायिक यात्राको सम्भावना छ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइएला । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ । स्वास्थ्यमा सुधार हुनेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । रोकिएको कार्य बन्ला । आफन्तको सहयोग समर्थन मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

वृश्चिक – आजको दिन स्वास्थ्यमा समस्या आउन सक्छ, सचेत रहनुहोला । घरेलु समस्यामा नै समय व्यतीत हुनेछ । काममा बाधाअडचन आउने छ भने वादविवादमा फँस्ने र प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुन सक्छ । बौद्धिक र सृजनात्मक कार्यमा चाहिँ सफलता मिल्नेछ । सद्कर्म पथमा प्रगति होला । आफन्तको सहयोग बढ्ला । धैर्य र संयमले काम गरेमा सफलता मिल्नेछ ।

धनु – शुभता वृद्धि हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त होला । परोपकार र धार्मिक क्षेत्रमा मन जानेछ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी बढ्नेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ । आफ्नै बल विवेकले कार्य गर्नु बेस रहला । देखिएको समस्याको समाधान गर्नुहुनेछ ।

मकर – पारिवारिक सुख प्राप्त हुनेछ । रसरागमा रुचि बढ्ला । मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । सवारी साधन प्राप्तिको योग रहनुका साथै व्यापारमा लाभ हुनेछ । प्रतिभाको कदर हुनेछ । धर्मकर्ममा रुचि बढ्नेछ । खेलकुद तथा कलाकारिता क्षेत्रमा रहने हरुको लागि समय उत्साहप्रद देखिन्छ । यात्रामा सफलता पाउनुहुनेछ । सुखशान्ति बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित कार्य बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ ।

कुम्भ – घरपरिवारको स्थिति अनुकूल रहे पनि मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् । जग्गाजमिन वा घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । समाजमा तपाईंका कुरा काट्नेको कमी नहोला । आज यात्राको योग छ । कार्यव्यवस्था क्षेत्रमा सफलता मिल्नेछ । आर्थिक पक्ष बलियो बन्ने छ ।

मीन – आजको दिन प्रयासरत काममा सफलता मिल्ने योग भए पनि आलस्य र थकानको अनुभव हुनेछ । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुनेछ । मानसिक तनावको सिर्जना हुन सक्छ । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउन सक्छ । सन्ततिसुख बढ्ला ।