सुरक्षाकर्मीहरुका लागि आत्महत्या रोकथामसम्बन्धी अभिमुखिकरण

सुरक्षाकर्मीहरुका लागि आत्महत्या रोकथामसम्बन्धी अभिमुखिकरण


सुरक्षाकर्मीहरुका लागि आत्महत्या रोकथाम सम्बन्धी एकदिने अभिमुखिकरण मंगलबार पोखरामा सम्पन्न भएको छ ।

राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेश कार्यालय पोखराको आयोजना एवं कोशिश र सिबिएम ग्लोबलको आयोजनामा मानवअधिकार, मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखिकरण भएको हो ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग पोखराका अधिकृत खिमलाल सुबेदीले मानवअधिकार र मानसिक स्वास्थ्यको बारेमा कार्यपत्र प्रस्तुत गदै मानवअधिकारको दायरा ब्यापक भएको भन्दै मानव मानवबीचमा समानता कायम हुनुपर्नेमा जोड दिए । उनले मानसिक स्वास्थ्य र मानव अधिकारबीच अन्तर सम्बन्ध भएको बताए ।

पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखराकी सिनियर कन्सल्ट्यान्ट साईक्याट्रिक बिभागीय प्रमुख डाक्टर लिया बैद्यले आत्महत्या हुने कारण र रोकथाम न्यूनीकरण सम्बन्धि कार्यपत्र प्रस्तुत गर्दै यस्ता घटना दिननुदिन बढ्दै गएको बताइन् । उनले डिप्रेसननै आत्महत्याको प्रमुख कारण भएको बताइन् । धरै जसो आत्महत्याहरु रोकथाम गर्न सकिने उनको भनाइ थियो ।

कोशिशका कार्यक्रम संयोजक सुुदिप घिमिरेले कोशिशले आत्महत्या रोकथाममा गरेका कामबारे जानकारी दिए । मनोसामाजिक स्वास्थ्य समस्या भएकाहरुलाई परामर्श दिँदै आएको उनले बताए ।

प्रहरीको तर्फबाट जिज्ञासा राख्दै रातिको समयमा घाइते वा कुनै पनि बिरामीलाई अस्पतालको इमर्जेन्सीमा लैजादा उपारमा समस्या हुने गरेको गुनासो गरेका थिए । यसरी उपचार नहुँदा बिरामीमा मानिसक समस्या उत्पन्न हुनन सक्ने बताउदै यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिइएका थिए ।

कार्यक्रममा संघिय प्रहरी प्रदेश कार्यालय गण्डकी, प्रदेश प्रहरी कार्यलय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र ट्राफिक प्रहरी गरी ३७ जनाको सहभागिता रहेको थियो ।