आजको पञ्चाङ्ग एवम् राशिफल (२९ असार २०७९ बुधबार, १३ जुलाई २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (२९ असार २०७९ बुधबार, १३ जुलाई २०२२)


अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ नलनामक संवत्सर ग्रीष्म ऋतु वि.सं. २०७९ आषाढ २९ गते तद्अनुसार सन् २०२२ जुलाई १३ तारिख बुधबार आषाढ शुक्ल पक्षको पूर्णिमा तिथि पूर्वाषाढ़ा नक्षत्र ऐन्द्र योग भद्रा करण आनन्दादिमा श्रीवत्स योग चन्द्रमा धनु राशीमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१८ मा भयो र सूर्यास्त साँझ १९ः०० बजेमा हुनेछ । भद्रा १३ः३८ बजेसम्म, पूर्णिमाव्रत, गुरुपूर्णिमा, गुरुपूजा, व्यासजयन्ती, भानुजयन्ती, दक्षिणामूर्ति पूजा ।

आजको राशिफल

मेष – आज सुख सौभाग्य वृद्धि हुनेछ । काममा सफलता प्राप्त हुनेछ । प्रेम र दाम्पत्य सम्बन्ध सुमधूर रहुने समय छ । कठिन काम पनि साथीको सहयोगले बन्ने देखिन्छ । शत्रु परास्त हुनेछन् । आँटेको काम बन्नेछ साथै मनोरन्जनका साथ दिन बित्नेछ । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ । दाजुभाइको सहयोग प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सन्तानको सुख प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ ।

वृष – शुरुमा ब्यस्तता बढ्नेछ । कठोर प्रयत्नले काममा सफलता मिल्नेछ । आजको दिन आम्दानीका स्रोतहरू बढ्नाले मन प्रशन्न रहला । प्रेमसम्बन्धमा विश्वासको मात्रा बढ्नेछ । दाजुभाइको सहयोग पनि प्राप्त हुनेछ । शिक्षा र बौद्धिक क्षेत्रमा प्रगति हुनेछ । व्यापार–व्यवसायमा पनि फाइदा होला । मेहनतले नयाँ काम र जिम्मेवारी दिलाउनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । मनोकूलको काममा सफलता प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

मिथुन – दाम्पत्यसुख वृद्धि हुनेछ । आरोग्य बढ्नेछ । मनोकूलको काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । शारीरिक दुर्बलता बढ्नेछ । आफन्तजनबाट सहयोग प्राप्त हुनेछ । प्रशस्त धन लाभ हुनेछ । अप्ठ्यारा चुनौतीहरूलाई पनि सजिलै पन्छाउन सकिनेछ । बोलीको प्रभाव बढ्नुका साथै मानसम्मान समेत पाइनेछ । आर्थिक समुन्नतिको योग छ । समस्याको समाधान प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । समयबाट बढीभन्दा बढी फाइदा लिनु बेस हुनेछ ।

कर्कट – साहस बढ्नेछ । धन वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । आजको दिन कतै वादविवाद होला, होसियार रहनुहोला । स्वास्थ्यमा बाधा उत्पन्न होला । नयाँ कार्यको थालनी गर्ने अवसर मिल्न सक्नेछ । । लगनशीलताले जीवनशैलीमा परिवर्तन आउन सक्छ । आम्दानी पनि राम्रै हुनेछ । मिठो भोजन प्राप्त हुनेछ ।

सिंहप्रेमभाव वृद्धि हुनेछ । नयाँ नोकरी पाउने वा पुरानो काममा पदोन्नतिको सम्भावना छ तर आत्मीयजनसँग बिछोड होला । पारिवारिक सद्भावले कार्यमा सफलता मिल्नेछ । विदेशमा गरेको लगानीबाट लाभ मिल्नेछ । जागिरमा पदोन्नतिको योग छ । शुभ काममा सफलता प्राप्त हुनेछ । आशा उत्साह बढ्नेछ । भाग्यबर्द्धककाममा सफलता मिल्नेछ । हाकिमको साथ मिल्नेछ । कर्ममा रुचि बढ्ला । धन बढ्नेछ । लगानी उठ्ला । खेलकूदमा भाग लिनुहुनेछ । यात्रा गर्नुहुनेछ । सुख आनन्द बढ्ला । धनसम्पत्ति बढ्नेछ । सुख सम्पदा बढला । आरोग्यता बृद्धि होला । ईष्टमितको साथ मिल्नेछ । ऐश्वर्व बढ्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख शांति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।

कन्या आज ब्यस्तता बढ्नेछ । धन मान महत्वमा कमी आउने छैन । समस्याको समाधान मिल्नेछ । सन्तानको सहयोग मिल्नेछ । याात्रामा मन रमाउनेछ । दाम्पत्यजीवन सुखमय रहनेछ, घरघडेरीको व्यापार–व्यवसायमा लाभ मिल्ला । बोलीकै प्रभावले महत्वपूर्ण काम सम्पादन हुने समय छ, धन लाभ होला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । कार्यगति बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – आशा उत्साह बढ्नेछ । धन सम्पत्ति वृद्धि हुनेछ । रोकिएका काम बन्नेछन्, व्यापार–व्यवसायमा उन्नति हुनेछ । स्वास्थ्यमा सामान्य सुधार आउनेछ । लेखन कार्यमा मन लाग्नेछ । आँटेका काममा सहयोगीहरूले साथ दिनेछन् र थप हौसला मिल्नेछ । इष्टमित्र र सन्तानको सुख प्राप्त हुनेछ । शुभ र धनबर्द्धक काममा ध्यान केन्द्रित गर्नु बेस होला । रसरागमा रुचि बढ्नेछ । स्वास्थयमा सुधार होला ।

वृश्चिक सम्पत्ति बढ्नेछ । समृद्धि बढ्ला । साहसिक काम बन्नेछ । मान महत्व बर्चश्व बढ्नेछ । वार्तामा सफलता प्राप्त होला । सुख आनन्द बढ्नेछ । मिठो भोजन मिल्नेछ । विजयश्री प्राप्त होला । उन्नतिपदोन्नति हुनेछ । आफन्तको सहयोग मिल्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । सुख सुविधाको वस्तु किन्नु हुनेछ । योजना र बजेट बनाइ कार्य बेस होला । ऋण रोग र शत्रुलाई जीत्ने क्षमतामा वृद्धि हुनेछ ।

नु – आरोग्य वृद्धि होला । आजको दिन मानसिक चञ्चलता र उत्साह बढ्नेछ तर अप्रिय समाचारले दुःखी बनाउला । आफन्तको भरणपोषणका निम्ति खर्च वृद्धि हुनेछ । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । खर्च बढ्ने र अर्थ अभावले काम रोकिने सम्भावना छ, प्रतिनिधिमूलक यात्रा गर्ने मौका आउला । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । मिठो भोजन खान पाउनु हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – लगानी बढ्नेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ । प्रयत्न गर्दा विशेष लाभ पाउनुका साथै अध्ययनका लागि अनुकुल समय छ । ब्यपार पनि फस्टाउनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । अध्ययन अध्यापनको पक्षमा पनि राम्रा प्रगति हुने देखिन्छ । भएको दायित्वलाई पूरा गर्नुहुनेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ – दैनिक कार्यमा ढिलासुस्ती वा उल्झन ब्यहोर्नुपर्ला । धार्मिक यात्रामा सहभागी हुने अवसर मिल्ला । व्यापार–व्यवसाय सामान्य रहनेछ । धार्मिक यात्राको योग छ । प्रियजनसँग भेटघाट र प्रसन्नताको समय छ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । नयाँ आयस्रोत बर्द्धक काममा सफलता पाउनुसंगै सन्तानको सुख मिल्नेछ । लगानी उठ्ला । रोकिएको काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मीन – यश वर्चश्व बढ्नेछ । आफन्तको साथ मिल्नेछ । तर, कुरा काट्नेहरू बढ्नेछन् । दैनिक कार्यमा केही समस्याहरू देखिएलान् । सावधान रहनुहोला । खर्चिलो यात्रा गर्नुपर्ने देखिन्छ । साथीभाइको सहयोग सामान्य रहनेछ । सानो कामका लागि निकै दौडधुप गर्नुपर्ला । तापनि, लगानीको उचित प्रतिफल मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ ।