आजको पञ्चाङ्ग एवम् राशिफल (३१ असार २०७९ शुक्रबार, १५ जुलाइ २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (३१ असार २०७९ शुक्रबार, १५ जुलाइ २०२२)


■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ नलनामक संवत्सर ग्रीष्म ऋतु वि.सं. २०७९ आषाढ ३१ गते तद्अनुसार सन् २०२२ जुलाइ १५ तारिख शुक्रबार श्रावण कृष्ण पक्षको द्वितीया तिथि श्रवण नक्षत्र विषकुम्भ योग ५ः५८ पर प्रीति योग तैतिल करण आनन्दादिमा धूम्र योग चन्द्रमा मकर राशीमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१९ मा भयो र सूर्यास्त साँझ १९ः०० बजे हुनेछ ।

आजको राशिफल

मेष – कार्यगति वृद्धि भएजस्तो लागे पनि आज खास कार्यसफलता हुने देखिन्न । ब्यर्थमा खर्च होला । सानातिना काममै महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने समय छ । गरेका कामबाट ठूलो उपलब्धि लिन पनि सकिन्न । तथापि नयाँ सम्भावना देखापर्नेछ । दाजुभाइको सहयोग प्राप्त हुनेछ । मित्रभाव वृद्धि होला ।

वृष – पारिवारिक समस्याको समाधान मिले पनि आजको दिन स्वास्थ्य कमजोर रहनेछ । सोचेको काम समयमै सम्पन्न नहोला । अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला । अनावश्यक यात्राको योग छ । यात्रापरक काम बन्नेछ । यसका बाबजुद रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – आजको दिन दौडधुप वृद्धि हुनेछ, काममा जोखिम पनि बढ्नेछ । कठोर प्रयत्नले काममा सफलता मिल्नेछ । तर, मनमा हर्ष उल्लासको अवस्था रहला । श्रद्धा र परोपकारमा मन जानेछ । स्वास्थ्यमाचाहिँ कमजोरी अनुभव हुनेछ । खर्च भन्दा कमाई नै बढी हुनेछ । समस्याको समाधान प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । समयबाट बढी भन्दा बढी फाइदा लिनु बेस हुनेछ ।

कर्कट – आजको दिन दाम्पत्यसुख बढ्नेछ । कतिपय कार्यमा नयाँ सम्भावना देखापर्नेछ । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुख मिल्ने दिन छ भने ब्यापारमा पनि फाइदाकै योग रहेको देखिन्छ । दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । विपरित लिङ्गिको हौसलाले मन रमाउनेछ । खेलकुद र भ्रमणमा रुचि बढ्नेछ । पारिवारिक सुख मिल्नुका साथै उन्नति हुनेछ ।

सिंह – यात्राको योग छ । आनन्द बढ्ला । तर काममा अवरोध सिर्जना गर्नेहरु सकृय हुनेछन् भने विस्वास गरेकाले धोका दिेनेछन् । बिहान काम बन्नेछ बेलुका सामान्य तनाव होला । इष्टमित्रहरुसँग असमझदारी बढ्न सक्छ । मुद्दामामिलामा पर्न सकिएला । दिन प्रतिकूल भएकाले काममा बाधाहरुको पनि सामना गर्नुपर्ला । मित्रजनको साथ मिल्नेछ ।

कन्या – समय राम्रो छ । साथीहरूमाझ प्रेमभाव बढ्नेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । आर्थिक लाभ हुनेछ, मान सम्मान पनि पाउन सकिन्छ । पेशागत रुपमा चाहिँ समस्या देखिन सक्छ । रचनात्मक काममा सफलता मिल्नेछ । धन मान महत्वमा कमी आउनेछैन ।

तुला – व्यस्तता बढे पनि आन काम बन्नेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धन कमाउने योग छ भने दिन फलिफापपूर्ण रहला । पशुधनबाट प्रशस्त फाइदा हुने देखिन्छ । इष्टमित्र तथा सन्तानको सुख प्राप्त हुनेछ । शुभ र धनबर्द्धक काममा ध्यान केन्द्रित गर्नु बेस होला । रसरागमा रुचि बढ्नेछ । कार्यव्यपारमा सफलता प्राप्त होला । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – आजको दिन पराक्रम बढ्नेछ । नसोचेको काम बन्ने छ, प्रियसाथीसंग पनि भेटघाट होला । काम बन्नाले सुखको अनुभव हुन्छ । नोकरीमा दिन सामान्य रहला । अनेक किसिमका फाइदा हुनेछ । सम्पत्ति बढ्नेछ । वार्तामा सफलता प्राप्त होला । सुख आनन्द बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ । योजना र बजेट बनाइ कार्य बेस होला । ऋण रोग र शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – बौद्धिक र रचनात्मक कार्य काम बन्ने दिन छ । मिठो भोजन मिल्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्ला । सन्तानसुख बढ्ला । प्रेममा सफलता प्राप्त होला । यात्राको क्रममा भने सावधान रहनुहोला । काममा समस्या देखिएला । अनेक किसिमका झमेलामा परिएला । काममा समस्या देखिएला ।

मकर – आरोग्यता बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । काम रोकिए पनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन्, अन्नलाभ होला, अनौठो खबर सुन्न पाइएला । तपाइको आफ्नो विचारले धेरैलाई आकर्षण गर्ने समय छ । धन कमाउने योग छ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ । आयस्रोत बढ्ला ।

कुम्भ – फलिफाप हुने दिन छ । लगानीवर्ध्दक काममा सफलता मिल्नेछ । नउठ्ने पैसा उठेर मनमा कता कता हर्ष छाउनेछ । अनौठो तरिकाले कमाइ भइ मन खुशी बन्ला । टाढाको यात्राको पनि योग रहेको छ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । रोकिएको काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त होला ।

मीन – आयस्रोत वृद्धि हुनेछ । यश वर्चश्व बढ्नेछ । आफन्तको साथ मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । धनको लाभ होला, साथै रमाइलो यात्राको पनि योग रहेको छ । टाढाको यात्रा गर्ने योजनामा हुनुहुन्छ भने चाहिँ केही दिनका लागि स्थगित गर्नु बेस हुनेछ ।