■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४४ नेपाल सं. ११४२ ग्रीष्म ऋतु वि.सं. २०७९ आषाढ ३२ गते शनिबार तद्अनुसार सन् २०२२ जुलाइ १६ तारिख श्रावण कृष्ण पक्षको तृतीया तिथि धनिष्ठा नक्षत्र आयुष्मान योग वणि करण ३:४ पर वन करण आनन्दादियोगमा प्रवर्द्ध योग चन्द्रमा मकर राशिमा ८:२९ बजेसम्म त्यसपछि कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५:१९ बजे भयो र सूर्यास्त साँझ १८:५९ बजे हुनेछ ।
आजको राशिफल
मेष – आज कमाइधमाइको योग छ । लामो यात्राको प्रक्रिया अघि बढ्ला । साथी एवम् घरपरिवारबाट सुखशान्ति पाइने छ। कार्यगति बढ्नेछ भने बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । आरोग्य वृद्धि हुनेछ । ऋण र शत्रुमाथि पनि विजय प्राप्त होला ।
वृष – मनोकूलको काम बढ्ने देखिए पनि नसोचेको ठाउँमा धन खर्च होला । ब्यर्थको खर्चले मन पिरोल्ला । इष्टमित्र र सन्तानबाट सुख मिल्नेछ । यात्रामा सफलता प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । घरपरिवारको स्थिति अनुकूल रहला ।
मिथुन – आशा उत्साह बढ्नेछ । नयाँ सम्भावना देखापर्नेछ । प्रिय जनसँग को भेटले मन प्रफुल्ल रहला । रोकिएको काम बन्नेछ । रसरागमा रुचि बढ्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।
कर्कट – भागदौड बढे पनि धन आर्जन हुने योग छ । रकमको बचत पनि होला । नया कामका योजनाहरु बन्ने सम्भावना छ । सोचीविचारी काम गर्नु हितकर हुनेछ । समृद्धि तथा आशा उत्साह बढ्नेछ । रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् । खेलकुद भ्रमणमा रुचि बढ्ला ।
सिंह – दामपत्यसुख बढ्ने र प्रेमबल वृद्धि हुने योग छ । नयाँ सम्भावना देखापर्नेछ । आरोग्य वृद्धि हुनेछ । व्यस्तता बढ्ने र आफन्तसित भेटघाट हुने दिन छ । मनोरञ्जनात्मक तरिकाबाट काम बन्ला । नया कामका योजनाहरु बन्ने सम्भावना छ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ ।
कन्या – आजका योजना अधुरै रहलान् । वादविवादको सामना गर्नुपर्ने दिन छ । आगो र मेसिनरी सामग्रीबाट जोगिनु पर्ने देखिन्छ । तथापि रोकिएका काम बन्नुसंगै नयाँ काम पनि बन्नेछ । भागदौड बढ्नेछ । विलासमा रुची बढ्नेछ । यात्रामा सफलता हासिल हुनेछ ।
तुला – प्रेमभाव वृद्धि हुनेछ । धनबल बढ्नेछ । तर मान सम्मान मिले पनि मनमा डर रहने छ । स्वास्थ्यका दृष्टिकोणले यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । मान महत्व बढ्नेछ । गौरव वृद्धि हुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।
वृश्चिक – आज दोडधुपमा परे पनि मनोरञ्जन पूर्ण रहने दिन छ । कामको बोझबाट सजिलै फुर्सद पाइनेछ । मिठो भोजन प्राप्त हुनेछ । सद्कर्म पथमा प्रगति होला । भाग्योदय होला । आफन्तको सहयोग बढ्ला । साथीसित भेटघाट होला । बौद्धिक र रचनात्मक कार्यमा सफल हुनुसँगै गीतसंगीतमा पनि आकर्षण बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ । धैर्य र संयमले काम गरेमा सफलता मिल्नेछ ।
धनु – सम्पत्ति वृद्धि हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । अप्रत्याशित लाभ हुनेछ । काममा मन जानेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । समस्याको समाधान गर्नुहुनेछ । मनोकूलको काम बन्नेछ ।
मकर – दिन त्यत्ति सुखद नरहला । अनावस्यक झमेलामा परिएला । आज केही हानि हुन सक्छ सावधान रहनु होला । पीडा दिनेहरु सक्रियछन् सावधान रहनुहोला । रसरागमा भने रुचि बढ्ला । लेखन प्रकाशनसित सम्बन्धित कार्य बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ ।
कुम्भ – आज आरोग्य वृद्धि हुने भने धन पनि आर्जन होला । काममा सफलता मिल्नेछ । धनसम्पत्ति बढ्नुको साथै आरोग्यता पनि बढ्नेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ । कार्यव्यवस्था क्षेत्रमा सफलता मिल्नेछ । सभासमारोहमा पुरस्कार पाउनुहुनेछ । विजयश्री मिल्ने छ । मनोकूलको काममा सफलता मिल्नेछ ।
मीन – प्रयासरत काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । राम्रो कमाइका कारण सुख मिल्नेछ । आर्थिक क्षेत्रमा उन्नति हुनेछ । नसोचेको ठाउबाट धनलाभ भइ मन हर्षित हुने छ । सुख–सुविधा बढ्नेछ । मनअनुकूलको काम बन्नेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ ।
प्रतिक्रिया