■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४४ वर्षा ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७९ श्रावण १ गते आइतबार तद्अनुसार सन् २०२२ जुलाइ १७ तारिख श्रावण कृष्ण पक्षको चतुर्थी तिथि शतभिषा नक्षत्र सौभाग्य योग कौलव करण आनन्दादिमा राक्षस योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः२० मा भयो र सूर्यास्त साँझ १८ः५९ बजे हुनेछ । श्रावण सङ्क्रान्ति, दक्षिणायनारम्भ, कण्डारकपूजा, लुता फाल्ने, थारुगुरीया पर्व, बैतडी विश्वनाथ मन्दिरमा साउने मेला सुरु ।
आजको राशिफल
मेष – आजको दिन गरेको मिहेनत खेर नजाने देखिन्छ । आयवर्द्धक काममा सफलता प्राप्त हुनेछ । आरोग्यता वृद्धिका साथै रसरागमा आकर्षण बढ्नेछ । अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । व्यवसायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवन सुखद रहला । नयाँ सम्भावना देखापर्ने छ ।
वृष – कर्मपथमा विजयी रहने योग भए पनि अस्वाभाविक प्रलोभनमा नपर्नु हितकारी होला । अस्वाभाविक प्रलोभनले आफ्नो स्वतन्त्रतामा बाधा पुऱ्याउन सक्छ । उद्योग तथा व्यापारमा भने आज सामान्य फाइदा मिल्नेछ । आजको दिन स्वास्थ्यसम्बन्धी समस्या निम्तिन सक्ने हुँदा होसियार रहनुहोला । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।
मिथुन – आजको दिन उत्साहजनक समाचारले हर्ष बढ्नेछ तर चिताएको काम पूरा नहुन सक्ने योग छ । दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । कार्यक्षमता वृद्धि हुनेछ । प्रेममा आकर्षण बढ्नेछ । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ । आरोग्य वृद्धि हुनेछ ।
कर्कट – दिन सुखद तथा शुभकारी छ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। लापर्वाही नगरी काम गर्नु हितकर हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।
सिंह – पारिवारिक सुख बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । अवसरहरुले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ । धनलाभ होला । यात्रामा सफलता प्राप्त हुनेछ । खेलकुद भ्रमण आदिमा आकर्षण बढ्नेछ ।
कन्या – आजको दिन विशेष सचेतना अपनाउनुहोला । बन्नै लागेको काम अचानक बिग्रन सक्छ । साथीभाइबाट धोका होला । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन् । गोपनीयतामा ध्यान दिँदै सचेत रहनुहोला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । प्रेममा सफलता प्राप्त हुने योग छ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । साझेदारीको काम बन्नेछ ।
तुला – कर्मबल बढ्नेछ । आर्थिक प्रगति होला तर नया कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिने छन् । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो रहनेछ ।
वृश्चिक – व्यस्तता वृद्धि हुने तथा दौडधुप बढ्नेछ । तपाईंले गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ । सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । पढाइलेखाइमा प्रगति हुनेछ । कर्ममा सफल साबित हुनुहुनेछ । आरोग्यता बढ्ला । ऋण रोग र शत्रुमाथि ध्यान राख्नुपर्नेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।
धनु – पराक्रम बढ्नेछ । उन्नति पदोन्नति हुनेछ । विशेष योजनाहरू बन्नेछन् । नयाँ ज्ञान सिक्ने मौका छ । पढाइमा प्रगति हुनेछ । आत्मीयजनसँग भेटघाट होला । एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । दैनिक काममा सफलता मिल्नेछ ।
मकर – हरेक कार्यमा धैर्यता अपनाउनु उत्तम हुनेछ । नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला, गर्दै आएको कामलाई भने निरन्तरता दिनुहोला । पीडा दिनेहरु सक्रिय रहन सक्ने हुँदा आजको दिन एकदम सावधान रहनुहोला । रसराग प्रेममा सफलता मिल्नेछ । यश वर्चश्व बढ्ला ।
कुम्भ – आरोग्यता बढ्नेछ । घरमै बसेर पनि प्रयासरत काम बन्नेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । प्रतिभा देखाएर अवसर हातपार्न सकिनेछ । मान प्रसंशा बढ्नेछ । शुभ समाचार प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।
मीन – लगानी वृद्धि हुनेछ । भागदौड बढे पनि सुखशान्ति मिल्नेछ । मनोकूलको काम बनेर मन प्रसन्न रहला । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् । कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ । रसरागमा रुचि बढ्नेछ ।
प्रतिक्रिया