आजको पञ्चाङ्ग एवम् राशिफल (४ साउन २०७९ बुधबार, २० जुलाई २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (४ साउन २०७९ बुधबार, २० जुलाई २०२२)


■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ नलनामक संवत्सर वर्षा ऋतु वि.सं. २०७९ श्रावण ४ गते तद्अनुसार सन् २०२२ जुलाई २० तारिख बुधबार श्रावण कृष्ण पक्षको सप्तमी तिथि १२ः२५ पर अष्टमी तिथि रेवती नक्षत्र सुकर्म योग बालव करण आनन्दादिमा उत्पात योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२१ मा भयो र सूर्यास्त साँझ १८ः५८ बजे हुनेछ । अष्टमी व्रत ।

आजको राशिफल

मेष – शुभ समाचार प्राप्त हुनेछ भने आज काममा सफलता प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । इर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पहिलेको सफलताले थप हौसला जगाउनेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । आशा उत्साह बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

वृष – शुभ काममा सफलता मिल्नेछ भने आय वृद्धि भइ मनग्य धन आर्जन हुने योग छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । आफ्नै प्रतिभाले फाइदा दिलाउनेछ, हिम्मतले काम लिनुहोला । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू भेटिनेछन् । मान प्राप्त हुनेछ । मनोकूलको काममा सफलता प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । परिवारिक सुख बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – कार्य क्षमता वृद्धि हुनुका साथै आजको दिन राम्रै आय आर्जन होला । परिवारजनसँग आत्मीयता बढ्नेछ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । समस्याको समाधान प्राप्त हुनेछ । हांसविलासमा आकर्षण बढ्नेछ । समयबाट बढी भन्दा बढी फाइदा लिनु बेस हुनेछ ।

कर्कट – शुभता बढ्ने र नयाँ सम्भावना देखापर्नेछ । रसरागमा आकर्षण बढ्नेछ । विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । हिम्मतले काम बनाउन सकिनेछ । केही खर्च लाग्ने तर पनि सोचेको काम बन्ने योग छ । पारिवारिक सुख मिल्नुका साथै उन्नति पदोन्नति पनि हुनेछ ।

सिंह – आजको दिन भागदौड वृद्धि हुनेछ । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ भने आर्थिक कारोबारमा पनि सजगता अपनाउनुहोला । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ। यसका बाबजुद आशा उत्साह बढ्नेछ । हाकिमको साथ मिल्नेछ । आरोग्यता बृद्धि होला । मित्रजनको साथ मिल्नेछ ।

कन्या – पारिवारिक सुख शान्ति समृद्धिका साथै पराक्रम बढ्नेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । प्रेम र मित्रताको गाँठो कसिनेछ । दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले सम्मान दिलाउनेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । धन मान महत्वमा कमी आउनेछैन । समस्याको समाधान मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – पराक्रम बढ्ने र सफलता प्राप्त हुने योग छ । इष्टमित्र एवम् सन्तानबाट सुख प्राप्त हुनेछ । शुभ र धनबर्द्धक काममा ध्यान केन्द्रित गर्नु बेस होला । रसरागमा रुचि बढ्नेछ । व्यवसायमूलक काममा पनि राम्रै फाइदा हुनेछ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । रसरागमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – प्रेमभाव बढ्ने र साहसिक काम बन्ने योग छ । वार्तामा सफलता प्राप्त होला । आफन्तको सहयोग मिल्नेछ । तथापि, प्रतिस्पर्धीहरूबाट सजग रहनुहोला । पहिलेका कर्मको प्रतिफल पाइनेछ साथै कामको चापबाट पनि फुर्सद पाइनेछ । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ । योजना र बजेट बनाइ कार्य बेस होला ।

धनु – आज बोलीको प्रभाव बढ्ला । व्यस्तता पनि वृद्धि हुनेछ । कार्यमा सफलता प्राप्त हुनेछ । प्रशंसकहरू बढ्नेछन् । सुन्दर पहिरनमा रमाउँदै व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। अधिकारका लागि केही संघर्ष हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि अरूको हातमा गइसकेको अवसर जोगाउन सकिनेछ। रोकिएको काम बन्नुसंगै उधारो लगाइएको धन पनि उठ्ला । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ । सन्तानसुख बढ्ला । प्रेममा सफलता प्राप्त होला ।

मकर – आजको दिन पराक्रम बढ्नेछ । ऋण, रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ । उत्साहजनक समाचारले मन प्रसन्न हुनेछ। सन्तानका माध्यमबाट पनि काम बन्ने सम्भावना छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। विभिन्न भौतिक साधनहरू जुट्नेछन् । खेलकूद र भ्रमणमा आकर्षण बढ्नेछ । आयस्रोत बढ्ला ।

कुम्भ – कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । तर काममा चुनौती देखिएलान् । आर्जित धन खर्च हुन सक्छ । तथापि, आफ्नै प्रयासले लाभ मिल्न सक्छ । विभिन्न अवसरले पछ्याउनेछन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सन्तानको सुख मिल्नेछ । रोकिएको काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मीन – आरोग्य वृद्धि हुने योग भए पनि काम बिग्रने डरले सताइरहनेछ । दाम्पत्यमा शंका र असमझदारी बढ्ने समय छ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । आफन्तको साथ मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ ।