आजको पञ्चाङ्ग एवम् राशिफल (५ साउन २०७९ बिहीबार, २१ जुलाई २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (५ साउन २०७९ बिहीबार, २१ जुलाई २०२२)


अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ वर्षा ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७९ श्रावण ५ गते बिहीबार तद्अनुसार सन् २०२२ जुलाइ २१ तारिख श्रावण कृष्ण पक्षको अष्टमी तिथि अश्विनी नक्षत्र धृति योग तैतिल करण आनन्दादिमा मानस योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहला । काठमाडौमा सूर्योदय बिहान ५ः२२ मा भयो र सूर्यास्त साँझ १८ः५७ मा हुनेछ । आज गोरखकाली पूजा ।

आजको राशिफल

मेष – आज यात्रामा सफलता प्राप्त हुने रसरागमा आकर्षण बढ्ने योग छ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । तर आज सवारीसाधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ला । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । काममा सफलता प्राप्त हुनेछ । नयाँ सम्भावना देखापर्ने छ । मान, सुख, समृद्धि बढ्नेछन् । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – आज ब्यस्तता बढे पनि समस्याको समाधान प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । मित्रजनको साथ प्राप्त हुने हुँदा उत्साह बढ्ला । सन्तानसुख मिल्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । रसरागमा आकर्षित हुनु हुनेछ ।

मिथुन – कार्यक्षमता वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । प्रेममा आकर्षण बढ्नेछ । बाध्यताका काममा जुट्नुपर्ने योग छ । पति वा पत्नीका माध्यमबाट फाइदा हुनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । बलजफ्तीले चिताएको काम बिग्रन सक्छ । आरोग्य वृद्धि हुनेछ । कार्यगति का साथ समृद्धि बढ्नेछ ।

कर्कट – आज ऋण, रोग र शत्रुमाथि विजय प्राप्ति र सुख बढ्ने योग भए पनि केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । तापनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – शभता बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । आरोग्यता बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । खेलकुद भ्रमण आदिमा आकर्षण बढ्नेछ । धन वृद्धि हुनेछ । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्ने योग रहेकोले सचेतना अपनाउनुहोला ।

कन्या – कठोर प्रयत्नले काममा सफलता मिल्नेछ । जोखिमपूर्ण कार्यमा नलाग्नु हितकर हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ । आम्दानी बढ्नेछ भने आतिथ्यपूर्ण सम्मान प्राप्त हुन सक्छ । प्रेमको बन्धन कसिने बेला छ। दाम्पत्य जीवन सुखद बन्नेछ । आर्थिक कार्यमा सफलता मिल्नेछ ।

तुला – पारिवारिक सुख बढ्नेछ । कर्म बल बढ्नेछ । प्रयत्न गरेका काम ढिलै सम्पादन भए पनि उपलब्धि राम्रै पाइनेछ। काम बिग्रने भयले सताउला । आर्थिक प्रगति होला र मनमा सन्तुष्टि पनि मिल्नेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – सामर्थ्य वृद्धि हुने भए पनि दौडधुप बढ्नेछ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । बदनाम व्यक्तिहरूले मात्र सहयोगको तत्परता देखाउनेछन्, सजग रहनुहोला । सरकारी कडिकडाउको सिकार भइनेछ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ । कर्ममा सफल साबित हुनुहुनेछ । ऋण रोग र शत्रुमाथि ध्यान राख्नुपर्नेछ । भाग्य वृद्धि हुनेछ ।

धनु – प्रेमभाव बढ्नेछ । धनको आगमन भैरहनेछ । विगतका समस्या बल्झिन सक्छन् । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । तर व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ । सहयोगको आशा देखाउनेहरूले झुक्याउलान्, सचेत रहनुहोला । दैनिक काममा सफलता मिल्नेछ ।

मकर – व्यस्तता बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । आशा उत्साह बढ्ला । रसराग प्रेममा सफलता मिल्नेछ । शत्रुहरू किनारा लाग्नेछन् । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । उन्नति पदोन्नति हुनेछ ।

कुम्भ – पराक्रम बढ्नेछ । प्रयासरत काम बन्नेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । न्यून उपलब्धिका लागि पनि आज निकै मिहिनेत गर्नुपर्ने समय छ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । आरोग्यता वृद्धि होला । वार्तामा सफलता मिल्नेछ । व्यस्त रहनुहुनेछ ।

मीन – सम्पति वृद्धि हुनेछ । शुभ काममा भाग लिनुहुनेछ । तपाईंको इर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । धन यश मान पद प्रतिष्ठा बढ्ला ।सुख शान्तिमा बढोत्तरी होला । रसरागमा रुचि बढ्नेछ ।