■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४४ नेपाल सं. ११४२ वर्षा ऋतु वि.सं. २०७९ श्रावण ६ गते शुक्रबार तद्अनुसार सन् २०२२ जुलाइ २२ तारिख श्रावण कृष्ण पक्षको नवमी तिथि भरणी नक्षत्र शूल योग वणिकरण आनन्दादियोगमा मुद्गर योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२२ बजे भयो र सूर्यास्त साँझ १८ः५७ बजे हुनेछ ।
आजको राशिफल
मेष – शुभता वृद्धि भइ आनन्द प्राप्त हुनेछ । रचनात्मक काममा सफलता मिल्नेछ । बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बोलीको भरमा काम सम्पादन हुन सक्छ। राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ। सन्तानको सुख प्राप्त हुनेछ । आरोग्यता बढ्ला । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।
वृष – आजको दिन इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । आरोग्यता बढ्ला । यात्रामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । सहयोगीहरूले काममा साथ दिनेछन् । व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापारमा मनग्य फाइदा हुनेछ भने आँटेका काम तत्काल सम्पादन हुनेछन् । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । आशा उत्साह बढ्नेछ । नयाँ आयस्रोत बढ्नुसँगै उधारो लगानी लगाइएको धन उठ्नेछ । घरपरिवारको स्थिति अनुकूल रहला साथै कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ ।
मिथुन – आशा उत्साह बढ्नेछ । रसरागमा रुचि बढ्नेछ । कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ । पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ। अनावश्यक भ्रमण हुन सक्छ। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ। उपचारमा खर्च हुने योग छ। मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ। दायित्वलाई पूरा गर्नुहुनेछ ।
कर्कट – यात्रामा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्ने योग भए पनि ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिनेछ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस्। मनोकूलको कर्ममा प्रवृत्ति बढ्ला ।
सिंह – प्रेमबल बढ्नेछ । विकासको नयाँ सम्भावना देखापर्ने छ । आरोग्य वृद्धि हुनेछ । व्यस्तता बढ्नेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्या देखापर्ला । आफन्तसित भेटघाट हुनेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ ।
कन्या – व्यस्तता वृद्धि हुनेछ । कठोर तपस्याले मनोकूलको काममा सफलता मिल्नेछ । रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। भौतिक साधनसमेत जुट्नेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ। समयमा चिताएको काम सम्पादन नहुन सक्छ। साझेदारीको कार्य बन्नेछ । आरोग्यता अभिवृद्धि हुनेछ । विलासमा रुचि बढ्नेछ ।
तुला – दाम्पत्यसुख प्राप्त हुनेछ । प्रेमभाव वृद्धि हुनेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । मेहनत गर्दा प्रशस्त धन आर्जन हुने समय छ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। कामको चापबाट पनि फुर्सद पाइनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउनेछन्। आफन्तको सहयोग समर्थन मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ
वृश्चिक – पराक्रम बढ्नेछ । आफन्तको सहयोग बढ्ला । साझेदारीमा फाइदा हुनेछ। आम्दानी तथा आयआर्जनका स्रोत समेत फेला पर्ने समय छ। तर अरूका काममा समय बित्न सक्छ। उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ। काम पूरा नहुनाले मन खिन्न रहनेछ। सन्तानसुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ । धैर्य र संयमले काम गरेमा सफलता मिल्नेछ ।
धनु – प्रेमभाव बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । प्रयत्न गर्दा पनि मौकाको फाइदा उठाउन नसकिएला । सवारीसाधन चलाउँदा सावधानी अपनाउनुहोला। दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमता बढ्नेछ । देखिएको समस्याको समाधान गर्नुहुनेछ ।
मकर – समृद्धि बढ्ने र पारिवारिक सुख प्राप्त हुने समय छ । रसरागमा रुचि बढ्ला । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन हुनेछ। व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने समय छ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। आशा उत्साह बढ्नेछ । यात्रामा सफलता पाउनुहुनेछ । सुखशान्ति बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित कार्य बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ ।
कुम्भ – पराक्रम वृद्धि हुनेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। परिवारजनको साथले काममा उत्साह जगाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमय बन्नेछ। श्रद्धा र परोपकारमा मन जानेछ। स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। कार्यव्यवस्था क्षेत्रमा सफलता मिल्नेछ । सुख शान्ति बढ्ला ।
मीन – मान महत्व वृद्धि हुनेछ । प्रयासरत काममा सफलता मिल्नेछ । प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ। सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ। बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सुखी र सफल रहनुहुनेछ ।
प्रतिक्रिया