अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४४ नेपाल सं. ११४२ नलनामक संवत्सर बर्षा ऋतु वि.सं. २०७९ श्रावण ७ गते तद्अनुसार सन् २०२२ जुलाइ २३ तारिख शनिबार श्रावण कृष्ण पक्षको दशमी तिथि कृतिका नक्षत्र गण्ड योग बब करण आनन्दादिमा ध्वज योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२३ मा भयो र सूर्यास्त साँझ १८ः५६ बजेमा हुनेछ ।
आजको राशिफल
मेष – आजको दिन त्यत्ति शुभकारी देखिँदैन । शत्रुमाथि विजय प्राप्ति र इष्टमित्र तथा सन्तानको सुख प्राप्त हुने योग भए पनि सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। अरूले फसाउन सक्छन्। हुलमुलमा धनमाल हराउन सक्छ । आफन्तको साथ प्राप्त हुनेछ ।
वृष – आरोग्य वृद्धि हुने देखिए पनि काममा बाधा हुने र खर्च बढ्ने योग छ । मेहनतअनुसार फाइदा कमै होला । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारजनको साथले काममा उत्साह जगाउनेछ । चिताएको काममा बाधा हुँदा मन खिन्न हुनेछ । तथापि, पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । शारीरिक र आर्थिक कार्यमा सफलता मिल्नेछ । परिवारिक सुख बढ्नेछ । उत्साह बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।
मिथुन – लगानी वृद्धि हुने र काममा सफलता मिल्ला । आज नसोचेको ठाउबाट धनको लाभ हुने देखिन्छ, साथै ब्यापार ब्यबसायमा पनि प्रशस्तै लाभ हुने देखिन्छ । विभिन्न अवसरले पछ्याउने छन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । कर्मको उचित प्रतिफल पाइनेछ । विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् । समस्याको समाधान प्राप्त हुनेछ । समयबाट बढी भन्दा बढी फाइदा लिनु बेस हुनेछ ।
कर्कट – आयस्रोत बढ्ने र रसरागमा आकर्षण बढ्नेछ । माइलो यात्रा गर्ने अवसर जुट्नेछ । कामको चापबाट पनि फुर्सद पाइनेछ । तर, ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि भने समय उत्साहजनक रहनेछ। दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । पारिवारिक सुख मिल्नेछ ।
सिंह –आजको दिन स्वास्थ्यप्रति विशेष सतर्कता अपनाउनुपर्नेछ । भौतिक साधनको क्षतिले रुपैयाँपैसाको हानि हुने देखिन्छ । अरूका काममा समय बित्न सक्छ। उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । काम पूरा नहुनाले मन खिन्न रहनेछ । तथापि, कार्य क्षमता भने वृद्धि हुने देखिन्छ । मिठो भोजन प्राप्त हुनेछ । हाकिमको साथ मिल्नेछ । ईष्टमितको साथ मिल्नेछ । ऐश्वर्य बढ्नेछ ।
कन्या – सन्तानको सुख प्राप्त हुने योग रहे पनि आफ्नै कारणले विवादमा परिएला । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । अनावश्यक भ्रमणमा समय बित्न सक्छ । केही प्रतिस्पर्धा हुने सम्भावना छ। अरूको भरपर्दा आँटेको काम सम्पादन नहुन सक्छ । बौद्धिक र रचनात्मक काममा भने सफलता मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।
तुला – आज शुभ र धनबर्द्धक काममा ध्यान केन्द्रित गर्नु बेस होला । रसरागमा रुचि बढ्नेछ । कार्यव्यपारमा सफलता प्राप्त होला । दिगो योजना प्रारम्भ हुन सक्छ । साझेदारीमा फाइदा हुनेछ । मौकाको फाइदा उठाउन नसकिएला । सवारीसाधन चलाउँदा सावधानी अपनाउनुहोला । नयाँ काममा हात हाल्ने समय छ । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।
वृश्चिक – साहसिक काम बन्नेछ । मान महत्व बर्चश्व बढ्नेछ । वार्तामा सफलता प्राप्त होला । सुख आनन्द बढ्नेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । व्यावसायिक काममा खर्च बढ्नेछ । धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । अवसरलाई पछ्याउन नसक्दा पछि परिनेछ। अस्वस्थताले काममा बाधा पुर्याउन सक्छ सचेत रहनुहोला । आफन्तको सहयोग मिल्नेछ ।
धनु – पराक्रम बढ्ने र व्यस्तता वृद्धि हुने योग छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । स्वास्थ्यगत समस्याले सताउने र उपचारमा खर्च हुने योग देखिन्छ । दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्ने सम्भावना छ। बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । मित्रजनको साथ मिल्नेछ । सन्तानसुख बढ्ला । प्रेममा सफलता प्राप्त होला ।
मकर – प्रेमभाव बढ्नुका साथै इष्टमित्र तथा सन्तानको सुख प्राप्त हुनेछ । सम्पत्ति बढ्नेछ । रुचिका विषयमा लगानी बढाउने समय छ । समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ । मेहनतअनुसार फाइदा कमै होला । शत्रु र रोगबाट छुटकारा मिल्ने मिठो भोजन प्राप्त हुनेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ ।
कुम्भ – व्यस्तता बढ्नेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । आयआर्जनका स्रोत समेत बढ्ने समय छ । व्यापारमा मनग्य फाइदा हुनेछ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । विगतका समस्या बल्झिन सक्छन् । सन्तानको सुख मिल्नेछ । रोकिएको काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त होला ।
मीन – आरोग्य वृद्धि हुनेछ । आफन्तको साथ मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । भौतिक साधन जुट्नाले आयआर्जन राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान समेत पाइएला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ तर, समस्याको समाधान मिल्नेछ ।
प्रतिक्रिया