आजको पञ्चाङ्ग एवम् राशिफल (८ साउन २०७९ आइतबार, २४ जुलाई २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (८ साउन २०७९ आइतबार, २४ जुलाई २०२२)


■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ वर्षा ऋतु वि.सं. २०७९ श्रावण ८ गते आइतबार तद्अनुसार सन् २०२२ जुलाइ २४ तारिख श्रावण कृष्ण पक्षको एकादशी तिथि रोहिणी नक्षत्र वृद्धि योग कौलव करण आनन्दादियोगमा धाता योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२३ बजे भयो र सूर्यास्त साँझ १८ः५६ बजे हुनेछ । कामिका एकादशीव्रत ।

आजको राशिफल

मेष – आज सन्तानको सुख र मिठो भोजन प्राप्त हुने योग भए पनि अरूका लागि बुद्धि खर्चनुपर्नेछ । श्रम गरीकन मूल्य प्राप्त नहुने समय छ । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च होला । मुख्य काममा बाधा हुने देखिन्छ । तर अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ । आरोग्य वृद्धि हुनेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ ।

वृष – बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । आशा उत्साह बढ्नेछ । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ होला । आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन, ध्यान राख्नुहोला । रोकिएको काम बन्नुसंगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ । घरपरिवारको स्थिति अनुकूल रहला साथै कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ ।

मिथुन – सुखको वस्तु बढ्नेछ । सफलता प्राप्त हुनेछ । रसरागमा रुचि रहला । आम्दानी बढ्नेछ । प्रेमको बन्धन कसिने बेला छ। दाम्पत्य जीवन पनि सुखद तथा समृद्ध बन्ला । प्रतिस्पर्धीहरूले हार खानेछन् भने इर्ष्या गर्नेहरूलाई मेहनतको पाठ सिकाउन सकिनेछ। सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । दायित्वलाई पूरा गर्नुहुनेछ ।

कर्कट – आजको दिा सवारी साधन उपयोग गर्दा विशेष सावधानी अपनाउनुहोला । समग्रमा दिन उत्साहपूर्ण नै रहनेछ । व्यावसायिक यात्रा सम्भावना छ । यात्रा गर्दा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । बोलीको गलत अर्थ लाग्नाले आत्मसम्मानमा चोट पुग्न सक्छ। मनोकूलको कर्ममा प्रवृत्ति बढ्ला । मिठो भोजन मिल्नेछ ।

सिंह – कर्मयोगी सिद्ध हुनुहुनेछ । प्रेमबल बढ्नेछ । व्यस्तता बढ्नेछ । आफन्तसित भेटघाट हुनेछ । आज चिताएको काम सम्पादन हुनेछ । तर, आफू कमजोर भएको अनुभूति हुनेछ । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने योग छ । ऋण रोग र शत्रुप्रति विजय प्राप्त हुनेछ ।

कन्या – कठोर तपस्याले मनोकूलको काममा सफलता मिल्ने योग छ तर बाध्यताका काममा जुट्नुपर्ला । केही विवादमा समेत परिनेछ, सजग रहनुहोला । आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ। प्रतिस्पर्धी परास्त होलान् । विलासमा रुची बढ्नेछ । आशा उत्साह थपिनेछ । यात्रामा सफलता हासिल हुनेछ ।

तुला – भागदौड बढ्नेछ । मुद्दा–मामिलामा विजयी भइनेछ । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । व्यापार व्यवसायमा सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मेहनत गर्नुपर्ला र पनि, प्रशस्त धन आर्जन गर्ने मौका छ । यात्रा हुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । शुभ र भाग्यबर्द्धक कार्य बन्ला ।

वृश्चिक – पारिवारिक सुख बढ्नेछ । आज समग्र परिस्थिति भने अलि प्रतिकूल रहने देखिन्छ । अधिकारका लागि केही संघर्ष हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् । साझेदारीमा समस्या आउने देखिन्छ । इस्टमित्रको सहयोग पाउनुहुनेछ । सन्तानसुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ । धैर्य र संयमले काम गरेमा सफलता मिल्नेछ ।

धनु – बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नता पनि मिल्नेछ । आफन्तसँग भने असमझदारी बढ्न सक्छ । बाध्यताका काममा अलमलिनुपर्ला । पतिपत्नीमा पनि अविश्वास बढ्ने योग छ । देखिएको समस्याको समाधान गर्नुहुनेछ । शारीरिक र आर्थिक हित हुने काममा लाग्नु हितकर रहला ।

मकर – प्रेमभाव बढ्नेछ । पारिवारिक सुख प्राप्त हुनेछ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने समय छ । सोचेको लाभ नमिल्न सक्छ । केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला । ऋण रोग र शत्रुलाई जीत्ने सामर्थ्य बढ्नेछ ।

कुम्भ – व्यस्तता वृद्धि हुनेछ । बौद्धिक कार्यबाट धनलाभ हुनेछ। आफ्नो प्रतिभा धेरैलाई देखाउन सकिनेछ। गुरुजनको विशेष सहयोग जुट्नेछ भने अध्ययनमा प्रगति हुने समय छ। पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला । घरपरिवारको स्थिति अनुकूल रहनेछ । कार्यव्यवस्था क्षेत्रमा सफलता मिल्नेछ ।

मीन – पराक्रम वृद्धि हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ तिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कामले कीर्तिमानी दिलाउने सम्भावना छ । सवारीमा सावधानी अपनाउनुहोला । सहयोगीहरूको भरपर्दा चिताएको काम नबन्न सक्छ । मीठो भोजन खान पाउनुहुनेछ, रोगबाट छुट्कारा पाउनुहुनेछ ।